दोखबाट निकै आशावादी अनुप

काठमाडौं । रंगकर्मी अनुप बराल लामो समयपछि नयाँ चलचित्र लिएर दर्शकमाझ आउँदै छन् । उनको निर्देशनमा नयाँ चलचित्र ‘दोख’ तयार भएको छ । यो चलचित्र यही २४ असारबाट रिलिज हुँदै छ ।

चलचित्र दोखको सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यस अघि फिटकिरी फिल्म निर्देशन गरेका अनुपले लामो समयपछि आफू अर्को चलचित्र दोख लिएर दर्शकमाझ आउन लागेको बताएका छन् ।

राजधानीमा एक कार्यक्रमबीच यो फिल्मको ट्रेलर रिलिजपछि यी निर्देशकले माओवादी द्वन्द्व कालमा सामुदायिक वनमाथिको राजनीतिले समाजमा निम्त्याएको समस्या आफूले देखेको र त्यही समस्यालाई फिल्ममा उतारेको बताएका छन् ।

यो चलचित्रको यसअघि अमृत गुरुङको स्वरमा ‘वन चरी उड्यो’ गीत सार्वजनिक गरिएको थियो । गीतले राम्रो चर्चा पाएको बेला आफूहरूले ट्रेलर रिलिज गरेको उनले बताएका छन् ।

यो चलचित्रकी अभिनेत्री दीया मास्केले पनि आफूहरूले समाजका थुप्रै यथार्थलाई यो चलचित्रमार्फत प्रस्तुत गर्न लागेको बताएकी छन् । उनीसँगै यो चलचित्रमा मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगरलगायतका कलाकारको अभिनय छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले थापा कार्यकारी निर्माताका रूपमा रहेको चलचित्रको एसोसियट निर्माताका रूपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुस्मिता आचार्य, दीपक खनाल, युवराज भट्टराई रहेका छन् ।

सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन् । रंगमञ्चका गुरु अनुपले राम्रो काम गरेकाले यो फिल्मले दर्शकको मन जित्ने विश्वास यसका निर्माता सविनको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी