नेकपा एसले गठबन्धनलाई निरन्तरता दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिँदै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने निर्णय बैठकले गरेको छ ।

काठमाडौंमा मंगलबार सम्पन्न केन्द्रीय परिषद्को बैठकले गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय पनि गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय कमिटीकै बैठकको विस्तारित बैठक भएको भन्दै यसअघि छलफल भएका विभिन्न एजेन्डा पारित भएको उनले बताए । पार्टी गठन भएपछि पहिलोपटक बसेको बैठकले विभिन्न १५ प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए । बैठकमा विभिन्न ११ समूहको छलफलपछि आएको निष्कर्षका आधारमा सो निर्णय भएको हो ।

सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउनेगरी छलफल भएको प्रवक्ता खतिवडाले बताए । उनले गठबन्धन भए गठबन्धनमा नभए अघि बढ्न एक्लै भए पनि निर्वाचन लड्ने निष्कर्ष निकालिएको हो ।

बैठकमा पार्टीभित्रको समस्या समाधान भएको र सबै नेता छलफलमा सहभागी भएको दाबी उनले गरेका छन् । साथै सरकारलाई अहिलेको महँगी रोक्न र किसानलाई सहज रूपमा मल उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सुकुमबासी समस्या समाधान आयोगले दीर्घकालीन समस्या समाधान गर्न पनि बैठकले माग गरेको छ । झाडापखाला फैलिने क्रममा देखिएकाले यसको रोकथामका लागि सरकारलाई ध्यान दिन पनि बैठकले माग गरेको छ ।

त्यस्तै, नेपालले असंलग्न परराष्ट्र नीति अपनाएकाले एसपीपीमा सहभागी नहुने भनी पत्र पठाएकोमा सरकारलाई धन्यवाद दिने निर्णय बैठकले गरेको छ ।

साथै बैठकमा वामपन्थी शक्तिलाई एक भएर एकीकृत पार्टी निर्माणमा लाग्न पनि आग्रह गरिएको उपमहासचिव खतिवडाले जानकारी दिए । साथै देशमा राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक शक्ति पनि एकजुट हुनुपर्ने बैठकले अनुरोध गरेको छ । बैठकमा देशभरबाट १५ सयभन्दा बढी नेताहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी