रौतहट। केही दिन यता रौतहटमा अबैध हात हतियारको बिगबिगी बढदै आएको पाइएको छ । हिजो सोमबार पनि रौतहट सशस्त्र प्रहरीको गस्तीटोलिले चाईनिज अत्याधुनिक पेस्तोल र घरेलु पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला स्थित फतुवा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलिले चेकजाचको क्रममा उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ३ राजपुर तुलसी बस्ने ४९ बर्षिय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर कार्यालयका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले जानकारी दिएका छन् । बैतुलाहको साथ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल २ थान, कटुवा पेस्तोल १ थान,मोबाईल २ थान,घडी १ थान लगायतका बरामद भएको प्रहरी उपरिक्षक कर्णजीतले बताए ।
अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल समेत बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रबिराज खड्काले पक्राउ वैतुलाह उपर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
यसैगरी गत फागुन २६ गते पनि कटुवा पेस्तोल र ३ थान गोली सहित २ जनालाइ नियन्त्रणमा लिएको थियो । जिल्लाको इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले रौतहटको गढीमाइ नगरपालिका वाड नं. ६ धर्मपुरको बागमती नदि किनारबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका वाड नंं ६ का रामदेब महराको २१ बर्षिय छोरा राजेश राम र सोही गाउ बस्ने सुरज रामको २६ बर्षिय छोरा जय नारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोेले जानकारी दिएका छन ।
उनीहरुको साथबाट १ कटुवा पेस्तोल र २ थान गोली समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक महतोले जानकारी दिएका छन । नियमित गस्ती गर्न जानेक्रममा उनीहरु प्रहरीलाइ देख्ने बितिकै भागेपछि पक्राउ गरेको महतोले जानकारी दिए ।
यस्तै गत पुस २ गते शसस्त्र प्रहरी रौतहटले अबैध पेस्तोल सहित तीन जना लाई पक्राउ गरेको थियो । बीआर ०५ एम ७३५३ नम्बरको भारतीय डिस्कभर मोटरसाईकल सबार रहेको अबस्थामा रौतहटको राजपुर नगरपालिका वाड नंं ३ दमार स्थित आजात चोकबाट हतियार सहित पक्राउ गरेको ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिएका छन ।
जिल्लाको गौर नगरपालिकाको टिकुलिया जादै गरेका बाराको सुवर्ण गाउँपालिका वाड नंं ६ निबासी ३७ बर्षिय उमेश्वर यादव, रौतहटको परोहा नगरपालिका वाड नंं ६ बसन्तपट्टी निबासी ३८ बर्षिय राम आधार साह र रौतहटको परोहा नगरपालिका वाड नं. ४ लौकाह निबासी ६६ बर्षिय छोटेलाल साह लाई सुरक्षा बेस फतुवाको ससस्त्र प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । यी समुह कुनै ठुलै अपराध गर्ने लक्ष्यले हिडेको हुन सक्ने अनुमान भएको गणपति कर्णजितले बताएका छन । उनीहरुको साथबाट कटुवा पेस्तोल थान–१, सोमा लाग्ने ५ मि.मि.को बाल राउण्ड २ गोटा सहित बरामद गरिएको थियो ।