घाटी थिचेर आफनै श्रीमतीको हत्या गर्ने कवारी पक्राउ


रौतहट । रौतहट प्रहरीले आफनै श्रीमतीको घाँटी थिचेर हत्या गरेर फरार रहेका एकजनालाइ चार महिनापछि प्रहरीले पक्राउ गरेको छ ।
गत चैत १० गते राति रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ डुमरिया स्थित मुस्लिम टोलका खर्सैद रायन भन्ने औसयद महमद कवारीलाइ श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो । कवारीले आफनो २१ बर्षिया श्रीमती तराना खातुनको घाँटी थिचेर हत्या गरेपछि सलको पासो लगाएर पंखामा झुण्डयाएर फरार भएका थिए ।

महिलाको शव चन्द्रपुर अस्पतालमा पोष्टमार्टम गरेपछि पासो लगाएर नभई घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । सोही समय देखि फरार रहेका कवारीलाई रौतहट प्रहरीले असार ६ गते पक्राउ गरेर रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।

नक्कली घुमुवा प्रहरी पक्राउ

यसैगरी नेपाल प्रहरीको घुमुवा प्रहरी हु भन्दै ठग्ने एकजनालाइ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
चन्द्रनिगाहपुरको सम्झना होटल तथा तिवारी होटलमा बसेर घुमुवा प्रहरी हु भन्दै हिडने चन्द्रपुर नगरपालिका वाड नं. ९ सिन्धुरेघारीका सुमन बस्नेतलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सोमबार चन्द्रनिगाहपुरको तिवारी होटलमा घुमुवा प्रहरी भन्दै नागरिकलाइ धक्काइरहेको खबर आएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले निज बस्नेतलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जयसवालले जानकारी दिएका छन ।

बस्नेतको ’bout थप अनुसन्धान भइरहेको उनले बताए । बस्नेतलाइ मंगलबार अभद्र ब्यबहार शिर्षकमा मुद्दा दर्ता गरी ६ दिन अनुसन्धानको लागी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रेमी बनेर सम्पती लुटने प्रहरी फन्दामा

यता फेसबुकबाट माया जालमा पारेर महिलाको चल अचल सम्पति लुटने एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउपालिका वडानम्बर ४ खुटुवा प्रसौनी निवासी ३६ वर्षीय महमद रफिक रायभट रहेका छन् ।मायाजालमा पारेपछि रायभटले घुम्न जाने बहानामा महिलालाई होटलको कोठामा पुरयाएर लुटने कार्य यसअघि देखि गर्दै आएको पाइएको छ ।

रायभटले यसअघि झापा जिल्लाको महिलालाई समेत यसैगरी ठगेको प्रहरीको तथ्याकमा रहेको छ । महोतरीकी एक बिबाहित महिलालाई उनले एक साता अघि मात्रै फेसबुकबाट चिनजान गरेकै भरमा चन्द्रपुर–४ स्थित पराठा एण्ड गेष्ट हाउसको एक कोठामा पुरयाई पेय पदार्थमा लठिने नसालु पदार्थ खुवाई महिलाले लगाएका सुनका गरगहनाहरु सहित नगद लुटेर फरार रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रायभटलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रफिक रायभटले महिलाको कानको चार आनाको सुनको रिङ २ थान कानमा लगाएको तीन आनाको सुनको मुन्द्रा ५ थान, सुनको तिलहरी ४ आनाको १ थान, मंलगसुत्र १ तोलाको १ थान गरी २ लाख ८० हजार र उनको पर्समा रहेको दश हजार गरी दुई लाख नब्बे हजार लुटेको जनाइएको छ ।माया जालमा पारेका रायभटले ती महिलालाई आफनो नाम र घरको ठेगाना समेत ढाटेकोे खुलेको छ । होटलको कोठा समेत ती महिलाको नाममा बुक गर्न लगाएर उनले चार घण्टाको अबधिमा महिलाको साथमा रहेको चल अचल सम्पति लुटन सफल भएका थिए ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तु प्रसाद जैयसवारले पक्राउ परेकाको थप अनुसन्धान भैरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी