हिलोमा रमाए पर्यटक (फाेटाेफिचर)


पोखरा । ‘पोखरा सबै मौसमका लागि’ मूलनाराका साथ पोखरामा बुधबार १७ औं असारे रोपाइँ महोत्सवमा विदेशी पर्यटक हिलोमा रमाएका छन् । आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उद्देश्यले पोखरा पर्यटन परिषद्ले हेमजाको माइस्थानमा सो महोत्सव गरेको छ । करिब १० रोपनी खेतमा भएको महोत्सवमा पर्यटन व्यवसायीसहित किसान उत्साहित थिए । महोत्सवमा विभिन्न किसिमका प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

महोत्सवमा विदेशी पर्यटक पनि नेपाली पर्यटकसँगै रमाइलो मानेर हिलो छ्यापाछ्याप गरेका थिए । विदेशीहरु पनि विभिन्न प्रतियोगितामा भाग लिएका थिए । विदेशीले सो कार्यक्रमलाई निकै चासोको रुपमा लिएको पाइयो ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ । हेमजाका रामबहादुर कुवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्णबहादुर कँुवर, मैना केसी र प्रकाश पौडेलको खेतमा महोत्सव भएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताए । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका ’boutमा जानकारी दिन पनि महोत्सव फलदायी हुने उनको भनाइ छ । महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने सहित दौड प्रतियोगिता भएका थिए ।

यसैगरी, रस्साकसी प्रतियोगिता एवं उत्कृष्ट कृषक तथा समाजसेवीको सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम भएका हुन् । महोत्सवमा करिब २ सय जना विदेशीहरुको सहभागिता रहेको महोत्सव संयोजक एवं परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
बढ्दो प्लटिङसँगै कंक्रिट सहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल छ । महोत्सवले कृषकको समस्यालाई सम्बोधन गर्नुको सट्टा सहरमा बस्ने सहरियाहरुको लागि मनोरञ्जनस्थल हो कि भन्ने भान परेको देखिन्थ्यो । अधिकांश मानिस हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे । महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतहरुमा किसानले निरन्तर काम गरिरहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी