काठमाडौं । १७औं ग्याल्वङ कर्मापा ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइएको छ ।
कर्मापा सेवा समाज नेपालद्वारा बिहीबार बौद्धस्थित दिलयाक गुम्बामा आयोजित विशेष कार्यक्रमबीच दोर्जेको जन्मोत्सव मनाएको हो ।
सोही अवसरमा बौद्ध संघसंस्थाका धर्मगुरुले थिङले दोर्जेको बहुआयमिक व्यक्तित्वमाथि प्रकाश पारे । यही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कर्मापा सेवा समाज नेपालका संस्थापक अध्यक्ष जितेन लामाले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)