बिजुक्छे निवासमा डा.अहिराज

काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देशभक्तिको सवालमा सतिसालझैं रहेको निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले बताएका छन् । पत्नीशोकमा रहेका बिजुक्छेको भक्तपुरस्थित निवासमा शुक्रबार पुगी समवेदना प्रकट गर्दै डा.अहिराजले सो कुरा बताएका हुन् ।

राष्ट्रियता र देशभक्तिको सवालमा सधैं अटल रहने बिजुक्छेको राजनीतिक यात्रा’bout प्रशंसा गर्दै उनले भने, ‘नेपालका राजनीतिज्ञहरुले नारायणमान बिजुक्छेबाट देशप्रति समर्पण र त्याग सिक्नुपर्छ ।’ उनले राष्ट्रियता र देशभक्तिप्रति बिजुक्छेको सिद्धान्तलाई प्रसंशा गरेका छन् ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा असार ८ गते निधन भएको थियो । डा.अहिराजले बिजुक्छेको भक्तपुरस्थित निवासमै पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई (पाँच निर्णयसहित)

कुरी-कुरी