पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका छन् भने मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखि नै भएको तर बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ। बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको छ । यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित