अन्तराष्ट्र्रिय विमानस्थल गठबन्धनकै पालामा : प्रधानमन्त्री देउवा


बारा । अन्तराष्ट्र्रिय विमानस्थल पाँच दलिय गठबन्धन सरकारकै पालामा बन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शनिवार बाराको निजगढमा पाँच दलका अध्यक्षद्धयले निरिक्षण गर्न आएको बेला प्रधानमन्त्री देउवाले आफ्नै सरकार भएको बेलामा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने बताएका हुन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले विमानस्थालमा दुई वटा रनवे सञ्चालनमा आउने योजना सुनाए । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाँगियाबस्तीमा निर्माण हुन गईरहेको अन्तराष्ट्रिय विमानस्थल निर्माणमा सबैले आआफना ठाउँबाट सहयोग गरि योजना यथासिघ्र सम्पन्न गर्न सहयोग गर्न अपिल गरे ।

सोही कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तराष्र्टिय विमानस्थल निजगढमा बन्न सर्वोच्च अदालतको पूर्ण पाठले निर्माणको बाटो खोलाएकोले विमानस्थल निर्माण गर्न सबै एक जुट हुनुपर्ने बताए । त्यस्तै राष्ट्रिय जनमोचाकी उपाध्यक्ष दुर्गा पौडेलले बहुआयामिक योजना निर्माण सम्पन्न भए पश्चात आउने सन्ततीको लागि वरदान स्वरुप रहेको बताईन् ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू अन्तरष्ट्रिय विमानस्थल निर्माण गर्न निजगढ आइपुगेका थिए । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयका निमित्त प्रमुख बिजय यादवले हाल सम्मका प्रगति विवरण गठबन्धनका शिर्ष नेताहरुलाई प्रष्टयाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता