अरुणा र प्रदीप वर्ष खेलाडी


पोखरा । भलिबलकी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको छैटौं पोखरा स्पोटर््स अवार्ड–२०७८ मा उनीहरू उत्कृष्ट ३ मनोनयन सूचीमा क्रमशः महिला र पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उनीहरूले उपाधिसहित स्कुटर, अवार्ड, सम्मानपत्र प्राप्त गरे । नेपालको महिला भलिबल टिम कप्तानसमेत रहेकी अरुण दोस्रो संस्करणकी पनि वर्ष खेलाडी हुन् । प्रदीप पाँचौं संस्करणमा समेत उदीयमान खेलाडी विधामा मनोनित थिए । खेल, खेलाडी, खेल संस्था एवं पत्रकारको समग्र सम्मानको निम्ति मञ्चले निरन्तर आयोजना गर्दै आएको स्पोटर््स अवार्डमा यसपालि टेनिसले उपाधिमा वर्चश्व जमाएको छ । उदीयमान खेलाडी विधामा टेनिसकै दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापा घोषित भएका छन् । दर्शिल र निरजले अवार्डसहित ३५ हजार रुपैयाँ हात पारेका छन् । उदीयमान र प्रशिक्षक विधामा पनि उत्कृष्ट ३ मनोनयनको सूची यसअघि नै सार्वजनिक भएकोमा छनोट समितिले तीमध्ये १ जनालाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । वर्ष खेलाडी महिलामा क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनित थिए । पुरुषतर्फ करातेका बुद्ध लामा र ब्याडमिन्टका विधान अधिकारी मनोनयनमा थिए । उदीयमानमा दर्शिलसहित बक्सिङका साहिल लिम्बु र क्रिकेटकी सृष्टि जैसी तथा प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु र तेक्वान्दो÷फेन्सिङकी रेकमाया गुरुङ सूचीमा थिए । वर्ष उत्कृष्ट खेल संघ अवार्डबाट यसपालि गण्डकी प्रदेश तेक्वान्दो संघ सम्मानित भएको छ । वर्ष उत्कृष्ट खेल पत्रकारमा कान्तिपुरका दीपक परियार सम्मानित भए । उनीहरूले पनि अवार्डसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी, लाइफ टाइम अभिचमेन्ट अवार्डबाट बक्सिङका पूर्वखेलाडी गणेशबहादुर भट्टराई सम्मानित भएका छन् । पोखराका अग्रज पर्यटन व्यवसायी समेत रहेका भट्टराईले एन्फाका पूर्वउपमहासचिव समेत हुन् । उनलाई ५० हजार बराबरको चाँदीको करुवा र अवार्डसहित सम्मान गरिएको हो । खेलाडी छनोट समितिमा विनोद लामिछाने, सन्देश श्रेष्ठ र विजय नेपाल थिए भने पत्रकार छनोटमा त्रिभुवन पौडेल, बिमला भण्डारी र सन्देश श्रेष्ठ एवं मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल पदेन सदस्य थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, प्रदेशससभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सांसद मीना गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङलगायतले उनीहरूलाई अवार्ड हस्तान्तरण गरेका हुन् । मञ्च अध्यक्ष दीननाथ बरालले प्रदेशको गौरवको रूपमा आयोजित स्पोर्टस् अवार्डलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । पोखरा सभागृहमा करिब ३ घण्टा चलेको समारोहमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

प्रदीप खड्का

टेनिसका नम्बर १ प्लेयर हुन्, प्रदीप खड्का । टेनिसमै १४ वर्षको करियर पूरा गरेका उनको खेलजीवन सुरुवात २०६५ सालदेखि भएको हो । १३ औं सागमा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल खड्काले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेको रेकर्ड छ । लुम्बिनी ओपन नेस्नल लन टेनिस टुर्नामेन्टमा लगातार २ वटा संस्करणमा क्रमशः मेन्स सिंगल्स इभेन्ट र मेन्स डबल्स इभेन्सका विजेता हुन् । १५औं एनएनआईपीए स्पोटर््स अवार्डमा टेनिसमा बेस्ट प्लेयर घोषित भएका थिए ।

उनी सातौं सिटिजन्स् बैंक ओपन टेनिस टुर्नामेन्टसमा मेन्स सिंगल्सतर्फ रनरअप हुँदा १७औं माछापुच्छे« बैंक ओपन एन्ड भेटेनान्स टेनिस टुर्नामेन्टसअन्तर्गत मेन्स डबल्समा सेकेन्ड रनर अप उनी १८औं भने स्वर्ण जिते । यस्तै, वीर गणेशमान सिंह नेस्नल ओपन टेनिस टुर्नामेन्ट डबल्स्तर्पm विजेता उनी आठौं सिटिजन्स बैंक ओपन टेनिसमा मेन्स सिंगल एवं मिक्स डबल्सतर्फ विजेता हुन् । पहिलो सीओएएस राष्ट्रिय प्रतियोगितामा मेन्सतर्फ विजेता उनी डब्लसमा रनरअप घोषित भए ।

दोस्रो ललितपुर डिस्ट्रिक्ट नेस्नल ओपन लन टेनिस टुर्नामेन्टमा मेन्स सिंगल्समा सेकेन्ड रनर अप, १०औं सहवीर मेमोरियल ओपन लनटनिसमा मेन्स सिंग्लसमा सेकेन्ड रनर बने । उनले हालै मात्र माल्दिभ्समा यू–१८ नेस्नल प्लेयरलाई प्रशिक्षणसमेत दिएका थिए ।

अरुणा शाही

भलिबलमार्फत नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म पहिचान गराउन सफल व्यक्तित्व हुन्, अरुणा शाही । नेपालको महिला भलिबल टिम सम्हालेकी उनै अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भयो । देशको गौरव बढाउने गरी यी र यस्तै सफलता हासिल गर्दै आएकी अरुणाको जन्म गण्डकी प्रदेशको म्याग्दीमा भएको हो ।

२०६४ सालदेखि भलिबल खेल्न थालेकी उनले सुरुवातमा अन्तरविद्यालय जिल्लास्तरको टुर्नामेन्टमा भाग लिएको स्मरण गर्छिन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिपलगायतमा सफलता हासिल गरिन् ।
सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३औं सागलगायतका राष्ट्रियअन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कास्य, आठौंमा चांैथो स्थान हासिल गरेकोमा १३औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै, एनभीए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर–२०७७ मा दर्शक च्याइसको उपाधि जितेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई (पाँच निर्णयसहित)

कुरी-कुरी