असारे भेलमा बग्दै विकास खर्च : एकैदिन १२ अर्ब ५४ करोड ७ लाख सकियो


काठमाडौं । मुलुकको अर्थतन्त्र संकटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ ।

आर्थिक वर्ष सकिँनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन । कमिसनको चक्करमा एकै दिन अर्बांै रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलिमतो हुने गरेको बताइएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलमा त्यसै खेर फालिने पुरानै क्रमले निरन्तरता पाएको हो ।
चालू आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पँुजीगत (विकास खर्च)को लक्ष्य लिएको थियो । चालू आर्थिक वर्षको अन्तिम दिन ३२ असार आउन अब १३ दिन मात्रै बाँकी रहँदा सरकारले भने हालसम्म १ खर्ब ५३ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च गर्न सकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म देखिएको यो सुस्त गतिको विकास खर्चको अवस्था कुल लक्ष्यको जम्मा ४० दशमलव ७२ प्रतिशत मात्र हो । विगतका वर्षमा जस्तै अहिले पनि असार महिना लागेदेखि यस्तो विकास खर्चको चाप बढाउन थालेको सरकारलाई चालू आर्थिक वर्ष समाप्त हुने अन्तिम दिन ३२ असारभित्र बाँकी १३ दिनमा अझै ५९ दशमलव २८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

चालू आवका लागि कुल विनियोजित रकमको शुक्रबारसम्म जम्मा ४० दशमलव ७२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले आगामी असार मसान्तभित्रको १३ दिन अवधिमा २ खर्ब २४ अर्ब १२ करोड २३ लाख रुपैयाँको विकास खर्चको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
नत्र, सरकार बजेटमार्फन नै निर्धारण गरेको लक्ष्य भेट्टाउन नसक्ने पुरानै कार्यशैलीको निरन्तरतामा नै रुमलिने छ । यो लक्ष्य पूरा गर्नका लागि अबको बाँकी केही दिन चालू आवको अन्त्यसम्म पुग्दा असारे भेलसँगै हतारमा अर्बाैं रुपैयाँको बजेट विकासको नाममा खेर फाल्नुपर्नेछ । हरेक वर्ष असारे भेलसँगै विकासे बजेट त्यसै खेर फाल्दै आएको सरकारले आगामी १३ दिनभित्र दैनिक झन्डै साढे १६ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्नुपर्ने दबाबमा काम गर्नुपर्नेछ ।

यसअघिका ११ महिनामा सरकारले पुँजीगत खर्चमा त्यति चासो नदिएकाले चालू आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असार मसान्तमा आएर लक्ष्यअनुरूप खर्च गर्न निकै दबाबमा काम गरिरहेको छ । यस्तो चर्को दबाबमा परेको सरकारले शुक्रबार मात्र १२ अर्ब ५४ करोड ७ लाख रुपैयाँ पँुजीगत बजेट खर्च गरेको छ । यो खर्चको रफ्तार असार मसान्त आइपुग्ने अन्तिम दिन नजिकका दिनमा थप बढेर दैनिक झन्डै साढे १६ अर्ब रुपैयाँको हुने देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत नै चालू आर्थिक वर्षका लागि कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विकास खर्चका लागि लक्ष्य तोकेका थिए । यस्तो लक्ष्य तोक्दै गर्दा चालू आवको हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने मापदण्ड समेत घोषणा गरिसकेका अर्थमन्त्री शर्माको कमजोर कार्यशैली तथा विगत केही महिनाअघि निर्माण व्यवसायीले चर्को मुल्यवृद्धि नियन्त्रणका लागि गरेको निर्माण आयोजनाको काम ठप्प बनाउने कार्यलगायतले अहिले सरकारलाई आफ्नो लक्ष्य भेट्टाउन कठिन भएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुुसार चालू आवको अन्तिम महिना १८ असार अघिसम्म सरकारले जम्मा १ खर्ब ५३ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ मात्रै पँुजीगत खर्च गर्न सकेको छ । यो खर्च लक्ष्यको जम्मा ४० दशमलव ७२ प्रतिशत मात्र हो । चालू आर्थिक वर्ष समाप्त हुने अन्तिम दिन ३२ असारभित्रको बाँकी १४ दिनमा अझै ५९ दशमलव २८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
यसलाई चालू आवको बितेका महिनाका आधारमा हेर्दा यो पुँजीगत खर्च रकम प्रतिमहिना जम्मा १३ अर्ब १३ करोड रुपैयाँ हो । यो भनेको लक्ष्यको जम्मा ३ प्रतिशत मात्रै हुन आउँछ । यसलाई आधार मान्दा पनि हरेक महिना लक्ष्यको १० प्रतिशत खर्च गर्ने घोषणा गरेको सरकारले मासिक ३ प्रतिशत खर्च गर्न पनि कठिन भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले यसलाई पुरातन शैलीमा रुमलिएको सरकारी कमजोरी भनेका छन् ।

हालसम्म १ खर्ब ५३ अर्ब ९७ करोडको काम,
– अझै २ खर्ब २४ अर्ब १२ करोड खर्च हुन बाँकी
–लक्ष्य भेट्न दैनिक झन्डै १६ अर्ब खर्च गर्ने दबाबमा सरकार
–हतपतमा गरिने विकास काम लतपत हुने विज्ञको दाबी
–एकैदिन अर्बाै खर्च हुँदा छैन कुनै अनुगमन


उनीहरूका अनुसार अहिलेसम्म भएको यो खर्चको अवस्थालाई आधार मानेर हालसम्मको पुँजीगत खर्चलाई दिनमा भाग गर्दा प्रतिदिन ४३ करोड ४ लाख रुपैयाँ मात्रै हुन आउँछ । यसअघिका दिनमा दैनिक सोहीअनुसार मात्रै खर्च गर्दै आएको सरकारले अबको बाँकी १३ दिनमा भने त्यो खर्चलाई ३७ प्रतिशतले बढाएर हरेक दिन १६ अर्ब २१ करोड रुपैयाँको क्षमतामा पु¥याउनुपर्ने बाध्यात्मक अवस्था छ । चालू आवको अन्तिम समयमा आएर यस्तो दबाबमा गरिएको विकासे काम खासै प्रभावकारी नहुने र निर्माणका काम पनि कम गुणस्तरको हुने उनीहरूको दाबी छ ।


चालू आर्थिक वर्ष समाप्त हुन अब जम्मा १३ दिन मात्रै बाँकी छ । यस अवधिमा सरकारलाई दैनिक गर्नुपर्ने खर्चको सीमा बढेर १६ अर्ब २१ कराड ४८ लाख रुपैयाँ पुगे पनि असारमा विकासका काम न्यून हुने भएपछि लक्ष्य पूरा गर्न कठिन देखिएको उनीले बताएका छन् ।
सम्बन्धित सरोकारवालाले हालसम्म दैनिक लक्ष्यको जम्मा ३ प्रतिशत मात्रै खर्च गर्दै आइरहेको सरकारलाई अब लक्ष्य भेट्न निकै हतारमा लटपटे काम सम्पन्न गरेर विनियोजित बजेट खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो बेलामा विकासे मन्त्रालयले मागेअनुसारको बजेट रकमान्तर गरिरहेकाले यति नै खर्च गर्न सकिन्छ भनेर भन्न सकिने अवस्था नरहेको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए ।
निरौलाका अनुसार अर्थ मन्त्रालयले खर्च गर्न सकिने गरी नै खर्चको लक्ष्य तोकेको हुन्छ । तर, अन्य मन्त्रालयले तोकिएअनुसार खर्च गर्न नसकेको आरोप अर्थमन्त्रालयले खेप्नुपरेको छ ।

अन्य मन्त्रालयले खर्चको सीमाअनुसार खर्च गर्न नसकेका कारण पुँजीगत खर्च सोचेभन्दा कम हुने गरेको उनको दाबी छ । विशेषगरी खानेपानी तथा सहरी विकास मन्त्रालय, भौतिक मन्त्रालय, ऊर्जा मन्त्रालयलगायतका मन्त्रालयले आफूले पाएको लक्ष्यअनुसार काम र विकास खर्च गर्न नसकेका कारण यो अवस्था देखिएको उनको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार सरकारले असार लागेसँगै पुँजीगत खर्चको काम निकै तीव्र गतिमा बढाएको छ । असार महिनाको पछिल्लो १८ दिनमा मात्रै सरकारले १२ अर्ब २६ करोड २८ लाख रुपैयाँभन्दा बढी पुँजीगत खर्च गरेको छ । यसअघि प्रतिमहिना करिब १३ अर्ब रुपैयाँ खर्च गर्न सकिरहेको सरकारले विकासे बजेट खर्चको दायरा बढाउन १५ दिनमै सवा १२ अर्ब बढी खर्च गरेको पाइएको छ । एकातिर अर्थमन्त्रालयले असारमा नै बढी रकमान्तर हुनुलाई गैरकानुनी पनि भन्दै आएको छ भने यसरी गरिएको खर्चले समेत सरकारको लक्ष्य भेट्न मुस्किल हुने अवस्था देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई (पाँच निर्णयसहित)

कुरी-कुरी