पुल भाँचिएको एक वर्ष बित्यो, अझै बनेन


उदयपुर । चौदण्डीगढी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको त्रियुगा नदीको निर्माणाधीन शिवाइ पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा समेत निर्माण सुरु भएको छैन ।

अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु पुल अन्तिम चरणमा बाढीले बगायो । निरन्तर वर्षापछि आएको बाढीले चौदण्डीगढी नगरपालिका–५ शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ को बाढीले बगाएको हो ।
गत वर्ष १९ असारको बाढीले क्षतिग्रस्त चौदण्डीगढी नगरपालिका–५ शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीको मोटेरेबल पक्की पुल अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोलीसमेत गठन गरेको थियो ।

मन्त्रालयले संघीय सडक सुपरिवेक्षण अनुसन्धान कार्यालय दमकका सुपरिटेन्डेन इन्जिनियर नवीनमान श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय अध्ययन टोली गरेको थियो । टोलीमा सडक विभाग पुल महाशाखाका सिनियर इन्जिनियर ईश्वरबहादुर रिजाल र पुल नम्बर १ इटहरीका इन्जिनियर नीति झाको टोलीले शिवाइमा स्थलगत अध्ययन गरेको हो ।

प्रारम्भिक अध्ययनका क्रममा देखिएको समस्या रिपोर्ट बनाएर मन्त्रालयमा बुझाइयो र विस्तृत अध्ययनमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ क्याम्पस पुल्चोकले अध्ययन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संगठन गरेको प्राविधिक टोलीले पटकपटक मोटेरेबल पुल स्थलगत अध्ययन ग¥यो । अबिरल वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले निर्माण सम्पन्न भई उद्घाटन गर्न एक दिन बाँकी रह“दा बाढीले बगायो ।

सञ्चालन तयारीमा रहेको पुल १९ असार २०७८ शनिबार बाढीले बगाएको हो । ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिणपश्चिम क्षेत्र शिवाइपट्टि रहेको पहिलो र दोस्रो पिलर नदीमा भाँँसिएपछि दुई टुक्रा भएको हो । शिवाइपट्टिको पहिलो र दोस्रो पिलर भाँसिएपछि दुई स्ल्याब नदीमा झरेर क्षतविक्षत भएका छन् ।

१२ वर्ष लगाएर निर्माण गरिएको शिवाइ–बेल्ही जोड्ने पुल निर्माण सम्पन्न भएर हस्तान्तरण तयारीमा रहेको बेला शिवाइपट्टिको पहिलो र दोस्रो पिलर स्लाब जोड्ने पिलर धसिएपछि पुल क्षतिग्रस्त भएको हो ।

निर्माण कम्पनीको लापरबाहीसहित आर्थिक तथा प्राविधिक समस्याले गर्दा पुल बन्न १२ वर्ष लाग्यो । २०६७ देखि निर्माण सुरु पुल पटकपटक म्याद थपसहित सम्पन्न गरेर २० असार २०७८ मा उद्घाटन गर्ने तयारीमा थियो ।

दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेल बाढीले क्षतिग्रस्त पुल निर्माणका लागि विभागबाट कुनै निर्देशन नआएकाले एक वर्षयता कुनै काम नभएको बताउ“छन् ।

निर्माण कम्पनी महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंका प्रतिनिधि केदारप्रसाद तिम्सिनाका अनुसार ७.७५ मिटरको मात्र पिलर भएकाले धसिएको हुनसक्छ ।

पुल निर्माण गरिएको स्थानमा ९ मिटरसम्म बालुवा भएको तर डिजाइन भने ७.७५ मिटर मात्र थियो । शिवाइपट्टिको दुई वटा पिलर धसिएको र दुई स्लाब झरेर बगेकाले करिब ५ करोडभन्दा बढीको क्षति भएको बताइएको छ ।

विभागले कन्सल्टेन्सीको रिपोर्टअनुसार ओपन फाउन्डेसनमा काम गर्ने गरी ठेक्का लगाएकोमा काम गर्ने क्रममा ओपन फाउन्डेसन असफल भएपछि पुनः डिजाइन गर्न डेढ वर्ष लाग्यो ।

पुल निर्माण सुपरिवेक्षण, नियन्त्रण र अनुगमन गाईघाट दिक्तेल सडक आयोजनाले गर्दै आएको छ । पुलको लागत करिब ११ करोड २७ लाख रुपैयाँ रहेको गाईघाट दिक्तेल सडक आयोजना प्रमुख गोपालप्रसाद खकुरेल बताउ“छन् ।

१२ स्पान ३ सय ७ मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको थियो । ९ करोड ७६ लाखको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी