रोटरी क्लव अफ राजधानीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ जना सहभागी

काठमाडौं । रोटरी क्लब अफ राजधानीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । रोटरी क्लव अफ राजधानी, रोट्रयाक्ट क्लव अफ राजधानी, मात्रिका आइ सेन्टर र देउराली क्लवको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

रोटरी क्लव अफ राजधानीका सदस्यहरु, रोट्रयाक्ट क्लवका सदस्यहरु, स्थानीय वासिन्दा तथा बटुवाहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक ढकालले परोपकारी संस्थाहरुद्वारा रक्तदान जस्तो पुन्यको कार्य गरेकोमा प्रशंसा गरे ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तदान आफ्नो स्वास्थ्यको लागि पनि फाइदाजनक र दान मध्येको महादान भएकोले नियमित रुपमा रक्तदान गरि रगत अभावको अवस्थालाई कम गर्न रक्तदाताहरुलाई आग्रह गरे ।

रक्तदान कार्य युवा वर्गमा रक्तदान प्रति सकारात्मक सन्देश प्रवाह गर्नमा समेत प्रभावकारी भएको धारणा व्यक्त गर्दै क्लवले समय समयमा रक्तदान कार्यको आयोजना गरेर युवाहरुलाई नियमित रक्तदान कार्यमा सरिक हुने वातावरण निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

रक्तदान कार्यक्रममा ९४ जना रक्तदाताले आफ्नो नाम दर्ता गराएकोमा धेरै इच्छुक रक्तदाताहरुको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न नसकेको, ७७ जनाको रक्त संकलन गरी नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवालाई हस्तान्तरण गरेको आफ्नो कार्यकालको रक्तदान कार्यक्रम आयोजना गरेर सुरुवात गरेका रोटरी क्लव अफ राजधानीका अध्यक्ष निष्चलबहादुर श्रेष्ठले जानकारी दिए ।
समाचार भिजन न्युज नेपालको सहयोगमा तयार पारिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यी हुन् एक देखि पाँच अर्ब कमाउने बैंक

कुरी-कुरी