अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ


धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् ।

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए । उनका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी