नुनथरमा रमाइलो गर्न गएका २ भारतिय नागरिकको बागमतीमा डुबेर मृत्यु


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ नुनथरको नजिक वागमती नदीमा शनिवार डुवेर वेपत्ता भएका दुई भारतीय नागरिकको शव आईतवार दिउसो फेला परेको छ ।

उनीहरुको शब घटनास्थलबाट १५ किलोमिटर दक्षिणमा सुरक्षाकर्मीहरुको टोलीले फेला पारेको हो । भारतिय नागरिक २४ बर्षिय मयंक अग्रवाल र २१ बर्षिय रितेस साह (गोलुकुमार)को शब फेला परेको शसस्त्र प्रहरी सन्तपुर बेस क्याम्पका शसस्त्र प्रहरी नायब उपरिक्षक योगेश दाहालले जानकारी दिए ।

उनीहरु बागमती नदीमा पौडि खेल्ने वेलामा पानीको भेलले बगाउदा बेपत्ता भएका थिए । उनीहरु भारत विहारको सीतामढी कोट बजारबाट विआर ०१ एचएफ ६६१९ नम्वरको निजी सवारी साधनबाट रमाइलो गर्न रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ नुनथरमा आएको शसस्त्र प्रहरी नायब उपरिक्षक दाहालले बताए ।

दुई भारतीय युवक वेपत्ता भएको सुचना पाउना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यलाई तिव्र बनाएपनि राति भएको हुँदा आईतवार विहान देखि सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर करिव ५० जना सुरक्षाकर्मीअरु नेपाल भारत सिमा सम्म परिचालन गरेर खोजी कार्यमा जुटेका थिए ।

उनीहरुको शब आइतबार दिउसो वृन्दावन नगरपालिका वडा नम्वर १ बलेरी खोर जंगलमा भेटिएको शसस्त्र प्रहरी नायब उपरिक्षक दाहाले बताए । घटनास्थलबाट १५ किलोमिटर दक्षिणमा उनीहरुको शव भेटिएको थियो । दुबै युवकको शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

मृतकका परिवारजनहरुको उपस्थितिमा पोष्टमार्टम गरेर आइतबार नै शव शतगतको लागि जिम्मा लगाउने सशस्त्र प्रहरीका एसपी ध्रुव कार्कीले जानकारी दिए ।

वागमती सिंचाई आयोजनाको ब्यारेज भन्दा उत्तर पिकनिक स्पट नुनथरमा रमाइलो गरेर पौडी खेल्न जाँदा उक्त घटना भएका थिए । सोही क्रममा स्थानीयहरुले ३० बर्षिय सुमन साहलाई उद्धार गर्न सफल भएपनि दुई जनाको बेपत्ता भएका थिए । सो क्षेत्रमा हरेक बर्ष पौडी खेल्ने क्रममा नागरिकहरुले ज्यान गुमाउदै आएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी