विकास र समृद्धिमा छैन ध्यान

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच एकताबद्ध प्रयासबाट मात्रै मुलुकले विकास र समृद्धि हासिल गर्न सक्छ । तर, हामीकहाँ राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच राम्रो तालमेल हुन सकेको देखिँदैन । राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्वलाई पूर्णरूपमा नियन्त्रणमा राख्न सकेको देखिँदैन भने सार्वजनिक प्रशासनमा रहेका कैयौं कर्मचारीमा कामचोर प्रवृत्ति हाबी हँुदै आएको छ । आफ्नो स्वार्थ मिल्ने कुरामा दुवै पक्ष एकजुट हुन्छन् भने स्वार्थ बाझिएमा बेमेल जस्तो देखिने गरेको छ जुन गलत हो ।

राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्वलाई सधै शंकाको दृष्टिकोणबाट हेर्ने र प्रशासनिक नेतृत्वले पनि राजनीतिक नेतृत्वप्रति अविश्वास गर्ने प्रवृत्ति अहिले पनि रोकिन सकेको छैन । त्यसैले समस्या दुवै पक्षमा छ । यतिखेर हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यासमा छौं । यो शासन व्यवस्था संसारकै उन्नत शासन व्यवस्था हो । तर, शासन सञ्चालनमा महŒवपूर्ण भूमिकामा रहेका राजनीतिक र प्रशासनिक नेतृत्वको पुरानै मानसिकता र कार्यशैलीका कारण नयाँ शासन व्यवस्थाको संस्थागत विकासमा गम्भीर समस्या देखिन थालेका छन् । यी समस्याको समयमा नै समाधान खोज्न जरुरी छ । विकास र समृद्धि’bout बाहिर भाषण गर्न दुवै पक्ष खप्पिस छन् तर व्यवहारमा उनीहरू विकास र समृद्धिका लागि संवेदनशील भएको देखिँदैन ।

संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा धेरै समस्या देखिन थालेका छन् । जनतालाई सबैभन्दा नजिकबाट सेवा दिने भनेकै स्थानीय सरकारका रूपमा रहेका स्थानीय तह हुन् । स्थानीय तहमा भर्खरै निर्वाचित भएर नयाँ जनप्रतिनिधि आएका छन् । उनीहरूले सुरुदेखि नै सुशासनमा ध्यान दिन जरुरी छ । तर, धेरै स्थानीय तहमा विकृतिको चाङ छ । जनप्रतिनिधि विकास योजनालाई लागू गर्ने र सेवाप्रवाह प्रभावकारी बनाउनेभन्दा पनि कमाइ धन्दामा बढी लिप्त हुने हुन् कि भन्ने चिन्ता फेरि सर्वत्र छाउन पुगेको छ ।

स्थानीय तहमा गरिने गल्तीले केन्द्रिय राजनीतिलाई समेत प्रभावित पार्ने निश्चित छ । जनप्रतिनिधिले जतिसुकै बद्मासी गरे पनि कर्मचारीतन्त्रले भने टुलुटुलु हेरेर बस्ने गरेका छन् र उल्टो उनीहरूलाई साथ दिने गरेका छन् । जनप्रतिनिधिलाई सही दिशामा ल्याउन कर्मचारीतन्त्रले पनि आवश्यक भूमिका खेल्न सक्नुपर्छ । देश बनाउने शपथ लिएर जागिरमा आएका कर्मचारी कानमा तेल हालेर बस्ने र उल्टो आफ्नै मात्रै स्वार्थमा रमाउन पुग्नु अर्को विडम्बना हो । अझै संघीय सरकारमा रहेका मन्त्रालयकका सचिव, सहसचिवदेखि स्थानीय तहका कर्मचारीमा देखिएको कामचोर प्रवृत्ति पनि मुलुकको विकास र प्रवृत्तिमा उतिकै बाधक बनिरहेको छ । अब त्यस्ता कामचोर प्रवृत्तिलाई अन्त गरिनुपर्छ ।

मन्त्री जागिरे जस्ता बन्न थालेका छन् । कर्मचारी तिनै मन्त्रीका असल सेवक जस्ता । यस्तो प्रवृत्तिले संघीय शासन प्रणालीलाई कसरी सफल बनाउन सकिएला ? त्यसैले अब शासकवर्ग सच्चिनुको विकल्प छैन । अब स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र पनि जिम्मेवार र संवेदनशील बन्नैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित