गन्यापधुराको खर्च ७२ प्रतिशत पुग्यो

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाको खर्च ७२ प्रतिशत पुगेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ को कुल बजेट ३० करोड ७४ लाखमध्ये २८ करोड ९१ लाख रकम खर्च भईसकेको छ । अहिले सम्मको खर्च झण्डै ७२ प्रतिशत हुन आउने प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङले बताए ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तर्फ संघिय सरकारको बिषेश अनुदानतर्फ पारिवन खानेपानी योजना सम्पन्न भईसकेको र वडा नं. २ मा शित भण्डार निर्माणको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए । सेलतडा खानेपानी योजना निर्माणको कामपनि अन्तिम चरणमा रहेको छ ।

समपुरक अनुदान तर्फ संघिय सरकारको वडा नं. २ को प्रशासकिय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भने गाउँपालिकाको प्रशासकिय भवन निर्माणको चरणमा छ ।

सुदूर पश्चिमप्रदेश सरकार बिषेश अनुदानतर्फ वडा नं. १ को भातकाँडामा रहेको सरस्वती माविको चार कोठे भवननिर्माण भईसकेको छ । गौली गाउँमा वर्थीङ्ग सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश संसदकोषबाट सञ्चालित नौ वटा योजनाहरु मध्ये सात वटा योजना सम्पन्न भई भुक्तानी भईसकेको र बाँकी दुई वटा योजना सम्पन्न भई भुक्तानीको चरणमा रहेको छ । झोलुङ्गे पुल अन्तरगत कोरालखोला र डुङ«ा खोलीमा दुई वटा पुलनिर्माण भईरहेको र गौली गाउँमा खानेपानी योजना सम्पन्नको चरणमा रहेको छ ।

बहु क्षेत्रिषपोषण कार्यक्रम अन्तरगत बिद्यालयमा खानेपानी निर्माण योजना असिग्राम मावि रुवाखोलामा निर्माण गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कुल तिन करोड २७ लाख ६० हजार रकम प्राप्त भएकोमा छनौट गरिएका ५३ वटा योजनाहरु सम्पन्नको चरणमा रहेको छ ।

गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तरगत ८५ जना लघु उद्यमी उत्पादन गरिसकेको छ । सामाजिक सुरक्षातर्फ तेस्रो त्रैमासिक सम्म दुई हजार तिन सय ८८ जना लाभग्राहीलाई पाँच करोड ३४ लाख रकम वितरण गरिकेको छ ।

कृषि तथा पशुपालनतर्फ आलु तथा तरकारी बिउ वितरण, पकेट क्षेत्र स्थापना, प्लाष्टिक पोखरी निर्माण, पोलीहाउस निर्माणका काम भएका छन भने पशुपालनतर्फ भैँसी पकेट विकास कार्यक्रम अन्तिम चरणमा रहेको छ ।

नागरिक अभिमत र बहिर्गमन असभमत संकलन गरी पत्रकार महासंघले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतिवेदनप्रश्तुत गरेको थियो । बजेट अभावका बिच गन्यापधुरामा सन्तोषजनक काम गरेको अनुभूती आफुहरुले गरे पछी सुधार गर्नु पर्ने धेरै पक्ष औल्याईएकाले आफुहरुले सुधार गर्दै जाने गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताए ।

गत असोज कार्तिक महिनामा भएको बेमौसमी अबिरल वर्षाले गन्यापधुरामा ठूलो नोक्सानी पु¥याएको बताउदै उहाँले सडक सञ्चाल नगर्दा खर्च भएको १ करोड रकम भुक्तानी गर्न नै बाँकी रहेकाले समस्या उत्पन्न भएको उनले बताए ।

गन्यापधुरामा १९ सय ११ जनाकिसान सुचिकरण गरिएका छन । ढिला गरी फलफुल बगैचा कार्यक्रममा ५० लाख रकम उपलब्ध भएको थियो । यसमा ४५ वटा कृषिफर्महरु संग ४९ लाखको सम्झौता गरी काम अन्तिम चरण रहेको छ ।

सुदूरपश्चिमप्रदेश प्रादेशिक सुशासन केन्द्र डोटीको सहयोगमा गाउँपालिकाको आयोजनामा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको आयव्यव’bout जानकारी दिदै प्रमुख प्रशासकिय अधिकृत तामाङले तेस्रो त्रैमासिक सम्मको भौतिक प्रगती ५६ दशमलब ५६ प्रतिशत रहेको बताए । बित्तियप्रगती ६९ दशमलब १६ प्रतिशत रहेको बताएका छन् । चालु आर्थिक वर्षमा ३५ लाख रुपैँया राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा असार १७ गते सम्म ३४ लाख ५० हजार संकलन भईसकेको जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी