रामेछाप बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ५ लुभुघाट नजिकैको बेलडाडाँमा आज भएको बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

रामेछापको डोग्माबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडाबाट करिव ३ सय मिटर तल खोलमा खसेको जिल्ला समन्वय समितिका उपप्रमुख तथा स्थानीय बासिन्दा प्रेमसागर थापाले बताए । केही घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

उनका अनुसार बसमा करिव ३० जना यात्रुहरु सवार थिए । दुर्घटना स्थलमा सवैभन्दा पहिला घाइतेको उद्धारका लागि लुभुघाट प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दा पुगेका थिए । दुर्घटना स्थलमा थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट रामेछापका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिनले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलमा घाइतेहरुको कोलाहाल रहेको स्थानीय बाबुराम थापाले बताए । एम्बुलेन्समा पठाउन नसकिएका केही घाइतेको उद्धारका लागि काठमाण्डौंबाट हेलिकप्टर आउने भनिएको भए पनि अहिलेसम्म हेलिकप्टर नआएको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता थापाले बताइन । उनले दुर्घटनामा मृत्यु हुनेको संख्या अझ कम्तीमा ९ जना भएको र केही घाइतेको उपचारका लागि धुलिखेल लादै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिइन ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित