धनगढीको पूर्वाधार बजेट ४१ करोड, पूरानो ऋण ४० करोड


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले पूराना योजनाको काम सम्पन्न गर्नेगरि आगामी आर्थिक वर्ष २०७९/८० का लागि नगर सभामा बजेट पारित गरेको छ । उपमहानगरले पूर्वाधार विकास क्षेत्रका लागि ४१ करोड बजेट विनियोजन गरेकोमा ४० करोड रकम भने पूराना योजनाको ऋण तिर्न खर्च हुने देखिएको छ ।

उपमहानगरपालिकाले पुराना ठेक्का भएका योजनाको ४० करोड भुक्तानी गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको हो । २ करोड खोला–नाला अतिक्रमण खाली गराउन र ५० लाख कैलाली खोलामा फुटपाथ निर्माण गर्न विनियोजन गर्नुबाहेक अन्य नयाँ योजनाहरु नगर सभामा पेश भएका छैनन् ।

नगर प्रमुख गोपाल हमालले पूनारो ऋण चुक्ता गर्ने उपमहानगरपालिकाको नीति अनुसार बजेट नगर सभामा पेश गरेको बताए । उनले सामुदायिक पशुचौपायाको व्यवस्थापनमा बजेट विनियोजन बाहेक अन्य योजनाहरु आगामी आर्थिक वर्षमा नभएको बताए ।

धनगढी उपमहानगरपालिकाले आर्थिक विकासतर्फ १४ करोड ४५ लाख ११ हजार, सामाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ४१ करोड ४१ लाख २७ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ६३ लाख ४३ हजार र कार्यालय सञ्चालमा ४४ करोड ८० लाख बजेट विनियोजन गरेको छ। उपमहानगरको नीति तथा कार्यक्रम अनुसार एक अर्ब ८३ करोड ८९ लाखकोब जेट नगर सभामा पेश भएको छ ।

नगर सभामा एक अर्ब सात करोड २३ लाख चालु तथा ७८ करोड ६६ लाख को पूँजीगत बजेट नगर सभामा पेश भएको छ ।
नगर सभामा पेश भएको बजेटप्रति उपप्रमुख कन्दकलाकुमारी रानाले सहमति जनाएकी छन् । उनको विरोधमा एमालेका नगर सभा सदस्य समेतले सहमति जनाएका छन् ।

बजेटमाथिको छलफल सुरु नहुँदै रानाले नगर प्रमुख र प्रमुख प्रशासासकीय अधिकृतको कार्यशैलीप्रति असन्तुष्टी जनाएकी हुन् । रानाले नगरपालिकाको बजेटमा आफुसँग छलफल नगरेको गुनासो गरेकी छन् । उनले २० बुँदे विमति पत्र नगर सभामा पेश गरेकी छन् ।
उपप्रमुख रानासहित एमाले जनप्रतिनिधिको बिरोधका बाबजूद धनगढी उपमहानगरपालिका आव २०७९/८० बजेट बहुमतले पास भएको छ । स्वतन्त्र उम्मेदवारी दिई नगरप्रमुखमा बिजयी भएका हमाललाई नेपाली काँग्रेसका पक्षधर जनप्रतिनिधिले साथ दिएपछि बजेट बहुमतले पास भएको हो ।

१९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, काँग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उठ्न थाल्यो काठमाडौंको फोहोर

कुरी-कुरी