कैलालीका नदीमा देखिन थाले डल्फिन

तस्विर : नेपाली टाइम्सबाट


धनगढी । कैलालीका नदीमा दुर्लभ डल्फिन देखिन थालेका छन् । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन् ।

यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी ११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुंगानाले बताए । उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा ८ वटा वयस्क र तीन बच्चा डल्फिन देखिएको बताए ।

नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन् ।

गतवर्ष यहाँको नदीमा असार १ गतेबाट नै डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार १५ गतेदेखि कैलालीको नदीहरूमा डल्फिन देखिन थालेको हो ।

अब मनसुन अवधिभरि यी नदीहरुमा डल्फिन अवलोकन गर्न सकिनेछ । मनसुन सकिएपछि डल्फिनहरु पनि गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ लाग्ने गर्दछन् । कर्णालीमा बाह«ै महिना बसोबास गर्ने डल्फिन सहायक नदीहरुमा मनसुनमामात्रै अस्थायी रुपमा आउने गर्दछन् । नदीनालामा बाढी आएपछि कर्णाली, भारतको घाघरा नदीबाट यहाँ डल्फिन आइपुग्ने गरेको जनाइएको छ ।

खासगरेर उपयुक्त अहाराको खोजी र बच्चा हुर्काउनका लागि कर्णालीका सहायक नदीहरुमा डल्फिन आउने गरेको ढुंगानाको बुझाइ छ । उनले हरेक वर्ष बच्चासहित डल्फिन आउने गरेको जानकारी दिए । बच्चा हुर्काउन आएको बेला भजनी नगरपालिका–८, ३ र टीकापुर नगरपालिका–७ मा पर्ने नदीनालामा राम्रोसंग यी जलप्राणीको अवलोकन गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी