पदाधिकारी छान्ने एकल अधिकार अध्यक्ष प्रचण्डलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको ६ महिनापछि पदाधिकारी चयन गर्दै छ । बुधबार बस्ने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी कमिटी गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटको टुंगो लाग्ने सो पार्टीले जनाएको छ ।

आइतबारदेखि जारी केन्द्रीय समितिको बैठक मंगलबार स्थगित भयो । बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वस्थायी समितिको बैठक बसेको थियो । सो बैठकमा पदाधिकारीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रका नेता गणेश साहले पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो सदस्यलगायतको नामावली टुंगो लगाउने अधिकार बैठकले अध्यक्ष प्रचण्डलाई दिएको बताए । सोहीअनुसार बुधबारको केन्द्रीय समिति बैठकमा अध्यक्षले सहमतिमै नामावली पेस गर्नेछन् । नामावली पेस भएपछि बैठकको बहुमत सदस्यबाट पदाधिकारी छनोट हुनेछन् ।

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनले केन्द्रीय सदस्यको निर्वाचन गर्ने प्रावधान रहेको छ । केन्द्रीय सदस्यबाट पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठन गर्ने प्रवाधान रहेको छ । सोहीअनुसार पदाधिकारीको निर्वाचन केन्द्रीय समितिमा हुन्छ । मतदान गर्ने र कुनै पदको उम्मेदवार हुने अधिकार केन्द्रीय सदस्यलाई मात्रै रहेको छ ।

मंगलबार केन्द्रीय समितिको बैठक बस्ने भनिएको थियो । सोमबारको बैठकमा केन्द्रीय सदस्यले महाधिवेशन भएको ६ महिना बित्दासमेत पदाधिकारी, स्थायी समितिलगायतका समिति किन गठन नगरिएको भन्दै प्रश्न उठाएका थिए । सोहीअनुसार मंगलबारको बैठक स्थगित गरेर पूर्वस्थायी समितिको बैठकबाट यस विषयमा छलफल भएको हो ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा ४६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । उनीहरूले पदाधिकारी चयन गर्न माग गरेका थिए । तर, अध्यक्ष प्रचण्डले राखेको एजेन्डामा पार्टीको पदाधिकारी चयन, स्थायी समिति गठन, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट गर्ने विषय उल्लेख गरिएको थिएन ।

माओवादी केन्द्रको ८औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दासमेत केन्द्र्र्रीय समितिले पूर्णता पाउन नसकेपछि बैठकमा आवाज उठेको हो । पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै राख्दा पार्टीलाई नोक्सानी हुने भएकाले बैठकबाट चयन गर्नुपर्ने माग केन्द्रीय सदस्यले गरेका थिए ।

महासचिवलगायतका पदाधिकारीमा को आउलान् ?
माओवादी केन्द्रको विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । श्रेष्ठ र मातृका यादवले आफू वरिष्ठ उपाध्यक्ष हुनुपर्ने दाबी गर्दै आएका छन् । मंगलबारको पूर्वस्थायी समितिको बैठकमा समेत श्रेष्ठ र यादवले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी रहेको बताएका छन् । उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ । वरिष्ठ उपाध्यक्ष नभएपछि उपाध्यक्ष र महासचिव हुन नसकेपछि उपाध्यक्ष हुनुपर्ने केही नेताको दाउ रहेको छ ।

महŒवपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि ६ नेताहरूका बीचमा प्रतिपस्र्धा छ । महरा, गुरुङ, भुसाल, पुन र शर्माका साथै शक्ति बस्नेतमध्ये एक जना महासचिव हुने चर्चा माओवादीभित्र रहेको छ ।

पुन र शर्माले एकअर्कालाई रोक्न आफंै महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारिरहेका छन् । पुन र शर्माबीच महासचिव को हुने भन्ने’bout चर्को प्रतिस्पर्धा रहेको छ ।

सोही कारण अध्यक्ष प्रचण्डले समेत पदाधिकारी चयनमा ढिलाइ गर्दै आएका हुन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले पुनलाई महासचिव बनाउने सम्भावना अत्यधिक रहेको छ । पुनलाई महासचिव बनाएर शर्मालाई उपाध्यक्ष बनाउने चाहना प्रचण्डको छ ।

पुनले आफू महासचिव नभए शक्तिबहादुर बस्नेतलाई र शर्माले भुसाललाई अघि सारेका छन् । महरा आफंै हुनुपर्छ भन्ने प्रतिस्पर्धामा नभए पनि दाहालले अन्य नेताहरू प्रतिस्पर्धामा आउँदा पूर्वमहासचिव भएकाले महरालाई नै अघि सार्न सक्ने अनुमानसमेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्