बाजुराको बुढीगंगा नगरपालिकामा भोली बिहान ७ बजेदेखि मतदान


टीकापुर । बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि बिहीबार मतदान हुने भएको छ । बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए ।

भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।

मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका जनाइएको छ । उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेका छन् । १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन झण्डै एक सय जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध