पवनदीप र अरुनिताले पहिलो पटक नेपाली गीत रेकर्ड गराए

काठमाडौं । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् ।

पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचनाकार भने एस पी सापकोटा रहेका छन्। स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतकि प्रख्यात गायिका लता मंगेस्करको नेपाली गित “बाँचुन्जेलीलाई” मा समेत संगीत भरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा