गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

टोकियाे । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो ।

जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् । भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनकाे शरीरबाट रगत बगेको थियो उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

स्थानीय समयानुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उनी भाषण गरिरहेका थिए ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता