नेताका सालिक निर्माणका लागि साँढे सात करोड


जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको शालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको शालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ । यसैगरी नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको शालिक निर्माण गर्न ५० लाख, मधेशवादी नेता गजेन्द्रनारायण सिंहको शालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको शालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका–२५ मा गन्तन्त्रवादी नेता अरविन्द ठाकुरको शालिक निर्माणका लागि १० लाख, जनकपुरधाम–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरूको स्मारक निर्माणका लागि ४० लाख रुपैया छुटियाएको छ । विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताए ।

भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले रामनारायण मिश्र र दुर्गानन्द झा लगायत शहीदहरूले मुलुकमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक निर्माणमा बजेट विनियोजन गरिएको बताए । यो बजेटलाई अन्यथा नलिन समेत उनले आग्रह गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा