बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् ।

विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।

१४ सय ८३ मतदाता रहेको वडामा ९ सय ३ मत खसेका थिए । पराजित गठबन्धनका उम्मेदवार भरत बहादुर थापा २०७४ सालमा एमाले बाट वडा अध्यक्षमा विजयी भएका थिए । बुढिगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो । १ र १० मा पनि एमालेको वडा अध्यक्ष विजयी भएका थिए ।

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार