आदिकवी भानुभक्त आचार्यमा समर्पित गीत सार्वजनिक

काठमाडौं । आदिकवी भानुभक्त आचार्यप्रती समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द रहेको गीतमा किरण गज्मेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ ।

बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकवीको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवी आचार्यको जीवनीका विषयमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले केके पाए भन्ने बिषयमा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियो कोरियाग्राफ केशव राज भट्टको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार