कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री



काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ ।

कांग्रेसका १३ पदाधिकारी ,९ को पद छ, जिम्मेवारी छैन


दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महŒवपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका बेला केन्द्रीय निर्वाचन परिचालन समितिको जिम्मा दिएका थिए भने केही दिनअघि मात्रै उनी केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान संयोजकमा मनोनीत भएका छन् । अर्का उपसभापति धनराज गुरुङ जिम्मेवारीविहीन छन् ।

यसैगरी, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा संयुक्त रूपमा पार्टीको काममा एकसाथ अघि बढिरहेका छन् । उनीहरूले पार्टीलाई गतिशील बनाउने काममा आफूलाई संयुक्त रूपमै सक्रिय बनाउ“दै आएका छन् । थापालाई प्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वदलीय बैठकहरूमा सहभागी गराउँदै आएका छन् भने अन्य उच्च भेटघाटमा समेत सहभागी गराउने गरिएको पाइएको छ ।
कांग्रेस विधानमा केन्द्रीय कार्यालय महामन्त्रीमातहत हुने, केन्द्रीय कार्यालय रेखदेख र सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै, केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिको निर्णय कार्यान्वयन गराउने जिम्मेवारी महामन्त्रीको हुने वैधानिक व्यवस्था छ ।

कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्षको जिम्मेवारी उल्लेख छ । तर, कांग्रेस पदाधिकारीमा ‘जम्बो’ संख्यामा रहेका सहमहामन्त्रीहरू भने जिम्मेवारीविहीन छन् । महाधिवेशन सकिएको ६ महिनासम्ममा पनि उनीहरूको भूमिका कही“कतै देखिएको छैन भने विधानमा समेत ‘सहमहामन्त्रीको काम, कर्तव्य र अधिकार’ व्यवस्था छैन ।

कांग्रेस उपसभापति धनराज गुरुङ पदाधिकारीलाई जिम्मेवारी तोक्ने सभापतिलाई नै वैधानिक अधिकार भएकाले त्यस’bout पार्टीभित्र कुनै छलफल नभएको बताउ“छन् । ‘विधानमा अधिकार नतोकिएका पदाधिकारीलाई जिम्मेवारी दिने अधिकार सभापतिलाई विधानले नै दिएको छ,’ उनले राजधानीसित भने, ‘जिम्मेवारी तोक्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

कांग्रेसले १४औं महाधिवेशनमा पहिलोपटक ‘क्लस्टर’अनुसार आठ सहमहामन्त्री व्यवस्था थियो । त्यसअघि सभापतिबाट मनोनीत हुने एक सहमहामन्त्री व्यवस्था थियो ।

कांग्रेस विधानको दफा २५ (४)ले सभापतिलाई केन्द्रीय कार्यसमिति पदाधिकारीको कार्यविभाजन र हेरफेर गर्ने अधिकार दिएको छ ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दाम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, बद्र पाण्डे र जीवन परियार सहमहामन्त्रीमा निर्वाचित भएका थिए । मन्सुर मुस्लिम, चौधरी थारू, डिना महिला, आङ्दाम्बे जनजाति, यादव मधेसी समुदाय, राठौर खस आर्य, पाण्डे पिछडिएको क्षेत्र र परियार दलित समुदायबाट सहमहामन्त्री बनेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार