सबै पालिकामा -यापिड रेस्पोन्स टिम

काठमाडौं । काठमाडौं महानगरपालिका र सबै १० वटै पालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित हुने बिरामीका लागि तत्काल उद्धार गर्न आरआरटी (-यापिड रेस्पोन्स टिम) र इमरजेन्सी मेडिकल टिम गठन गर्ने भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले महानगर र अन्य १० वटा नगरपालिकामा सम्भावित जोखिमबाट बच्न सबै उपाय अपनाउने निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख तथा काठमाडौंका सबै स्थानीय तहका प्रतिनिधि, वाणिज्य विभागका महानिर्देशक, स्वास्थ्यसेवा विभागका महानिर्देशकलगायतको सहभागिता रहेको थियो ।

बैठकले सरकारले सोमबार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम कम गर्न जारी गरेको २१ बँुदे निर्देशनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । यसैगरी, बैठकले स्थानीय तहलाई आवश्यक पर्ने गनफर फेभर, मास्क, सेनेटाइजरलगायतका औषधिजन्य सामग्रीहरू सबै स्थानीय तहले तत्काल व्यवस्थापन गरिराख्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै, सबै स्थानीय तहले प्रतिकार्य योजना तयार गर्ने, जोखिम न्यूनीकरण कार्यक्रमलगायत विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने गराउने र प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहने समेत निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण र रोकथामका लागि काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयलाई सबै पालिकासँग समन्वय एवं सहजीकरण गर्न आवश्यक निर्देशन दिएको छ ।

यस्तै, बैठकले अत्यावश्यक सामग्री अभाव हुन नदिन स्थानीय तह, वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नियमित रूपमा नै बजार अनुगमन गरी कालोबजारी रोक्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी