बुद्धभूमिका सबै विद्यालयमा कम्प्युटरको पहुँच

कपिलवस्तु । शिक्षामा सूचना र प्रविधिको उपयोग बढाइ गुणस्तर सुधार्न बुद्धभूमि नगरपालिकाले नगरका सबै विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम अन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको हो ।

विद्यालयको प्रशासनिक काम कम्प्युटराईज विधिबाट गरि पेपेर लेस गर्नकालागि कम्प्युटर प्रदान गरेको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए । तीब्र रुपमा भएको प्रविधिको विकासले हाम्रो समाजलाई पनि सोही अनुरुप परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । उनले आगामी आर्थिक वर्षमा शिक्षकलाई समेत ल्यापटप वितरण गरिने बताए । शैक्षिक गुणस्तर सुधारका लागी नगरपालिकाले थप प्रभावकारी कार्यक्रम ल्याउने उनको भनाई छ ।

उपमेयर मिरा थारुले प्रविधिको मागलाई मध्येनजर गरि यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै यसले तथ्याङ्क संकलन गर्न थप सहज हुने विश्वास व्यक्त गरिन् । पालिका भित्रका ५९ विद्यालय कम्प्युटरको दायरामा आएको थारुले बताइन । नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्वका साथ हेरिरहेको र शिक्षाको सुधारको लागि थप योजना समेत बनाउने प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताए ।

विद्यालयलाई कम्प्युटर सेट, प्रिन्टर हस्तान्तरण गरिएको थियो । प्रतिविद्यालय ७० हजार बराबरका सामग्री सहयोग गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले बताए । नगरपालिकाको सहयोगपछि विद्यालयमा पहिलो पटक कम्प्युटरको पहुँच भएको रामेश्वर आधारभूत विद्यालयका शिक्षक अपिल पोख्रेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी