नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा विशेष जोड

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन् । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुन् । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

चारदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका प्रमुख लिउले सुरुमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गरे । नेपालमा राजतन्त्र रहँदा दरबारसँग नजिक रहेको चीनले २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएपछि नेपाल सरकारसँग पटकपटक एक चीन नीतिको विषयमा प्रतिबद्धता खोज्दै आएको छ । नेपालको भूमि प्रयोग गरेर आफ्नो मुलुकलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहना छ । नेपालमा अमेरिकी सहयोग एमसीसी परियोजना लागू भएपछि आफ्नो विरुद्ध गतिविधि बढ्न सक्ने संशयका कारण चीनले नेपाल भ्रमणलाई पछिल्लो समय विशेष प्राथमिकतामा राखेको छ ।

चीनको विदेश विभाग प्रमुखको भ्रमण

पछिल्लो समय चीनले नेपालमा हुने हरेक भूराजनीतिक गतिविधि’bout बेइजिङले नजिकबाट हेरिरहेको छ । सुरुवातमा नेपालले एमसीसी अनुमोदन गर्नुअघि चीनले नेपालले अमेरिकासँगको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)लाई असार ६ मा अघि नबढाउने निर्णय गरेपछि खुसी व्यक्त गरेको थियो । जसको अर्थ चीन नेपालमा विदेशीले चीनविरोधी गतिविधि नहोस् भन्ने चाहन्छ ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा विदेश विभाग प्रमुख लिउले चीनविरोधी कुनै पनि घटना नेपालमा नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारे । साथै उनले नेपालसँग चीनविरोधी गतिविधि रोक्न प्रतिबद्धतासमेत खोजे । सो भेट’bout जानकारी दिँदै कूटनीतिज्ञ दिनेश भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले नेपालसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको बताएका थिए ।

‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ लिउनलाई उदृत गर्दै भट्टराईले भने । भट्टराईका अनुसार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि ‘चीनविरोधी गतिविधि हुन दिन्नौं’ भन्दै लिउलाई आश्वस्त पारेका थिए । देउवाले लिउसँग प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा नेपालमा दलाई लामाको कार्यालय बन्द गराएको स्मरण गराउँदै नेपालको भूमि चीनको विरोधमा प्रयोग हुन नदिने बताए ।

उनले नेपालमा चीनको मामिलालाई लिएर सबै पार्टीहरूबीचमा एकै धारणा र विचार पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । लिउलाई स्वागत गर्न कांग्रेसबाट दिनेश भट्टराई, एमालेबाट राजन भट्टराई, माओवादीबाट सुरेन्द्र कार्की विमानस्थल पुगेका थिए ।

त्यस्तै, परराष्ट्रमन्त्री खड्काले ‘नेपाल र चीनको फ्रेन्डसिप एकदम महत्वपूर्ण रहेको बताएका थिए । ‘यो मित्रतालाई कायम राख्न चाहन्छौं र अघि बढाउन चाहन्छौं,’ खड्काको भनाइ थियो ।

विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानेछन् । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा नेकपा एसका अध्यक्ष नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई होटलमा भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, मंगलबार लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित