राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

यसैगरी, उनले भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार