पार्टी एकता हुन्छ कि भनेर थर्कमान हुनु पर्दैन : नेपाल

टीकापुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको चुनाव अघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।

प्रेस संगठन नेपाल कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि कुनै पनि पार्टीसँग एकता हुन नसक्ने जिकिर गरे ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनाव अघि नै एकता हुने भन्ने खबर सार्बजनिक भएको छ नि भन्ने पत्रकारले सोधेको जिज्ञासामा उनले अहिले कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताए ।

‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन् । अहिले थर्कमान नहुनु । मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ ।’

अहिले कुनै पार्टीसँग एकता गर्नेतिर भन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतका कुरामा ध्यान दिइरहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले संगठन बलियो बनाए आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिकासहित सबै वडामा संगठन निर्माण गर्न गइरहेको बताए ।

अध्यक्ष नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने बताउँदै बलियो भएको स्थानमा एक्लै लड्छौं भने । अपेक्षाकुत कमजोर स्थानमा सम्मानजनक ढंगले अरु दलहरुसंग चुनावी तालमेल गरिने बताए ।

सत्तारुढ पाँच दलीय गठबन्धन कहिलेसम्म ? सञ्चारकर्मीहरुको एक जिज्ञासामा उनले यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने त ज्योतिषलाई मात्रै थाहा होला, तर हामी यो संसद रहुन्जेलसम्म गठबन्धन कायम राख्नुपर्छ भन्नेमा छौं भने । एक अर्को प्रसङ्गमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेपालको अवस्था श्रीलंकाको जस्तो नहुने दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले प्रदेशमा उम्मेदवार छान्न सहमहामन्त्री खटाउने