अध्याधिक गर्मी बढेपछि वीरगन्ज महानगरका सबै विद्यालय बन्द

वीरगन्ज । मध्य तराईमा केही दिनदेखि बढेको गर्मीका कारण वीरगन्ज महानगरपालिकका सबै विद्यालयहरु ३ दिन बन्द हुने भएका छन् । वीरगन्ज मानगरपालिकाले ३ दिनका लागि भन्दै मंगलबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेपछि मधेश प्रदेशको एक मात्र महानगरका सबै विद्यालयहरु ३ दिन बन्द हुने भएका हुन् ।

गर्मीको कारण बालबालिका बढि प्रभावित हुन थालेपछि पहिलो चरणमा बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन महानगरका सबै विद्यालय बन्द गर्ने निर्णय भएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरिप्रसाद राउतले बताए । शनिबार समेत मिलाएर लगातार चार दिन यहाँका ९१ सामुदायिक सहित सबै नीजि विद्यालय पनि बन्द भई आगामी आइतबार मात्र खुल्ने उनको भनाइ छ ।

स्थानीय सरकारका रुपमा रहेको वीरगन्ज महानगरले नै विद्यालय बन्द गर्ने निर्णय गरी सर्कुलर गरेकोले अब प्याव्सनसँग आबद्ध ४६ वटा नीजि विद्यालयहरु पनि सबै बन्द हुने नीजि विद्यालयहरुको संगठन प्याव्सन पर्साका अध्यक्ष पुरन प्रधानले बताए । ‘गर्मी अध्याधिक बढेकोले महानगरले फेरि सयम थप गर्न पनि सक्ने हुँदा हामीले कार्यान्वयन गर्नुको विकल्प छैन ।’ उनले भने ।

नीजि विद्यालयहरुकै अर्को संगठन एन प्याव्सन पर्साका अध्यक्ष राम श्रेष्ठले पनि अत्याधिक गर्मी बढेकोले शैक्षिक संस्था बन्द गर्नु सहि निर्णय भएको बताए । महानगरले बल्ल बन्द गर्ने निर्णय गरेकोले एन प्याव्सनमा आबद्ध ५६ विद्यालयहरु पनि बन्द नै गरिने उनको भनाइ छ । एन प्याव्सनमा आबद्ध ५६ विद्यालयका कुल २१ हजार विद्यार्थीको स्वास्थ्य हाम्रो पनि सरोकार भएकोले अध्याधिक गर्मीमा विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी बन्द गर्नु नै उपयुक्त हुने उनको तर्क छ ।

मध्य तराईमा केहीदिन देखि बढेको प्रतिकुल मौसमका कारण यहाँका अस्पतालहरुमा भाइरल फिवर तथा ज्वरो, झाडा पखालाका विरामीहरुको संख्या बढेको अस्पतालहरुले जनाएका छन् । वीरगन्जको नारायणी क्षेत्रिय अस्पतालमा पनि पछिल्लो समयमा प्रतिकुल मौसमका कारण अस्पताल आउने विरामीको संख्या बढेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. वीरेन्द्र प्रधानले बताए । नियमित व्यायाम, तथा हिडडुल गर्नु पर्ने मुटुरोगी, चिनीरोगी तथा प्रेसका बिरामीहरुले अध्याधिक गर्मीका कारण नियमित शारिरिक अभ्यास गर्न सकेका छैनन् । त्यस्ता बिरामीहरुमा पनि समस्या थप भएको उनको तर्क छ । यस्तो मौसममा बालबालिकाको बढि ख्याल गर्ने, झोलिलो खाने कुरा बढि खाने ख्याउने, जीवनजल बनाएर पिउने पियाउने, काम बिशेष वाहेक घर बाहिर सकेसम्म ननिस्कने र शरिरमा कुनै प्रकारको अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकसँग परामर्श लिने गर्नु नै हितकर हुने डा प्रधानले सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल