जयनन्द लामाको अन्तिम चलचित्र भोलिबाट दर्शकमाझ

काठमाडौं । दिवंगत अग्रज कलाकार जयनन्द लामाले तामाङ चलचित्रबाट फिल्मी यात्रा सुरु गरेका थिए । उनले अभिनय गरेको अन्तिम चलचित्र पनि तामाङ फिल्म नै भएको छ ।

जयनन्दद्वारा अभिनित अन्तिम चलचित्र ‘दार्बुङ’ (गाग्री) भोलि शनिबारबाट दर्शकमाझ आउँदै छ । चलचित्र शनिबार काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा ‘प्रिमियर’ गरिँदै छ । निर्माण पक्षले बिहीबार राजधानीमा पत्रकार भेटघाटक्रममा फिल्म’bout जानकारी दिएको हो ।

तामाङ भाषाको फिल्म सञ्जय अर्जुनले निर्देशन गरेका हुन् । ‘यसमा अपांगता भएका व्यक्तिको संवेदना उतारेका छौं,’ उनी भन्छन्, ‘अपांगता भएका व्यक्तिप्रति समाजले गर्ने पुरातन व्यवहारमा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनाएका हौं ।’

गत फागुनमा छायांकृत फिल्ममा जयनन्द अपांगता भएको व्यक्तिको बुबाको चरित्रमा छन् । ‘कथा मन पराएपछि उहाँ फिल्म खेल्न राजी हुनुभएको थियो तर उहाँलाई फिल्म सुटिङ सम्पन्न भएको केही समयमै गुमाउनुप-यो,’ निर्देशक अर्जुनले भने ।

सुरज श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन खड्काको सम्पादन, दीपक तामाङको मिक्सिङ, प्रज्ज्वल राउतको छायांकन, कर्साङ लामाको पाश्र्वसंगीत छ ।

चलचित्रमा सम्झना लामा र बुद्ध ब्लोन तामाङको गीत, कर्साङ लामाको संगीत तथा बबिता पाख्रिन, पूजा लामा, आकाश ब्लोन, कार्साङ लामाको गायन छ ।

त्यस्तै, सञ्जय लामा, सुनिता लुङ्वा, मानबहादुर तामाङ, करेशा वाइबा, सुस्मिता तामाङ, मायादेवी मोक्तान, भुइसाल लामा, राम तामाङ, सुनमाया तामाङ सिर्जना गोले, डोमो ह्योल्मो, पेमा योञ्जन तामाङ, दीपेश लामालगायतले अभिनय गरेका छन् ।

निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको फिल्मलाई पर्खाइ मोक्तानले सहनिर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी