पोखराका पूर्व मेयरको जग्गाभाडा सम्झौता खारेज


पोखरा । पोखराका पूर्व मेयर मानबहादुर जिसीले कार्यकालको आखिरीमा अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने निर्णय खारेज भएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

उनका अनुसार सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गर्ने निर्णयसमेत गरिएको छ । सो कार्यमा अख्तियार दुरुपयोग गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्राचार गरिने उनले बताए ।

पूर्व मेयर जिसीले समिति सदस्य र कर्मचारीलाई समेत थाहा नदिई कार्यकाल सकिनु २ दिनअघि गत जेठ ३ मा पोखराका विभिन्न ३ ठाउँका सार्वजनिक जग्गा ३ कम्पनीलाई भाडामा लगाउने सम्झौता गरेका थिए । उनले नगर विकास समितिको नाममा पोखराको विभिन्न ठाउँमा रहेका बहुमूल्य जमिन आफ्नै ज्वाइँका भाइ र नजिकका ठेकेदारहरूलाई ठेक्का दिएका हुन् ।

पोखराको पर्यटन बसपार्क नजिकैको गल्फ कोर्सस्थित ४० रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र यातायात व्यवस्था कार्यालय आडको ५ रोपनी जग्गा कमसल मूल्यमै तर लामो समयसम्मका लागि भाडा लगाउने सम्झौता भएको थियो ।

पूर्व मेयर जिसीले गल्फ कोर्स क्षेत्रको ४० रोपनी १० वर्षका लागि एक्सन बिल्डर्स प्रालि मासिक २ लाख ७२ हजारमा भाडामा दिएका हुन् । पर्यटन बसपार्क सञ्चालनका लागि आगामी २०११ जेठ मसान्तसम्म शिला शालिग्राम निर्माण सेवासँग सम्झौता भएको छ । जग्गाको मासिक भाडा २ लाख ७५ हजारमात्र तोकिएको थियो । उता, यातायात व्यवस्था कार्यालय नजिकको ५ रोपनी जमिन राइजिङ कन्स्ट्रक्सनलाई १० वर्षका लागि मासिक १ लाख २५ हजारमा भाडामा दिइएको थियो । जसमा पहिलो पक्षको रुपमा जिसीको हस्ताक्षर र ल्याप्चे छ ।

सो कार्यका लागि नियमित प्रकाशित नहुने एक दैनिक पत्रिकामा टेण्डरका लागि सो’boutको सूचना प्रकाशन गरिएको थियो । जसको केही प्रतिमात्र छपाइ कतिपय कागजात कीर्ते देखिएकाले छानबिनका लागि नेपाल प्रहरीलाई पत्राचार गर्ने समितिले निर्णय गरेको छ ।
समितिले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरी प्रतिवेदन पेस गरेको थियो । समितिका सदस्यमा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा ३१ का देवेन्द्र रानाभाट, अधिवक्ता शुकदेव गौतम र झपिन्द्रराज रेग्मी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी