काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच फेरि एकता चर्चा सुरु भएको छ । कम्युनिस्ट पार्टीबीच एकीकरण छलफलमा शीर्षनेता सहभागी भए पनि उनीहरू आआप्mनै अडानमा छन् ।
नेपाल चीन हिमालयमैत्री समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक गोष्ठीमा सहभागी नेताले ‘कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने’ धारणा राखेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस नेता चन्द्र भण्डारीलगायत सहभागी कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ‘कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने’मा समेत जोड दिए ।
एमाले अध्यक्ष ओलीले ‘साँच्चिकै पार्टी एकता वा तालमेल चाहेको भए कांग्रेसको पुच्छर समाउन छाडेर आउनुपर्ने’ चुनौती दिए भने माओवादी नेता श्रेष्ठले ‘तत्कालीन नेकपा विभाजन हुनबाट जोगाउन नसकेकोमा आत्मलोचना गर्दै कम्युनिस्ट पार्टीबीच एकीकरण गर्न’ प्रस्ताव नै राखे ।
यद्यपि, ओलीले श्रेष्ठलाई जवाफ दि“दै ‘कम्युनिस्टबीच एकीकरण गर्ने भए पहिला कांग्रेसको पुच्छर समात्न छोडनुपर्ने’ शर्त अघि सारे ।
‘कांग्रेसको पुच्छर समात्न छोडेर आउनुस्, कम्युनिस्ट पार्टी नेतृत्वको सरकार निर्माण गरौं,’ उनले थपे, ‘माओवादी केन्द्र वामपन्थी पार्टी होइन, यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु । चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?’
माओवादी केन्द्रले आफु नेतृत्वको सरकार ढाल्न हदैसम्म प्रयास गरेको स्मरण गर्दै ओलीले ‘कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउन अदालतमा मुद्दा हाल्न गएको होइन, वामपन्थी ?’ भन्ने प्रश्नसमेत गरे । ‘कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउन संसद्बाट सकेनौं, त्यसैले परमादेश जारी गरिपाऊँ भनेर गएको होइन, वामपन्थी ?’ उनको प्रश्न छ ।
कांग्रेससँग गठबन्धनमा रहेसम्म ‘माओवादी केन्द्रलाई वामपन्थी दल भन्न नमिल्ने’ बताउ“दै ओलीले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन रक्षा गरौं अनि वामपन्थी ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो ल छाडिदिऊँ,’ भने । उनले थपे, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर कांग्रेसविरोधी होइन, देश, लोकतन्त्र र कानुनीराजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौं ।’
माओवादी नेता श्रेष्ठले वामपन्थी शक्तिबीच विभाजन हुँदा राष्ट्रियता कमजोर भएको बताउ“दै वामपन्थी शक्तिबीच तालमेल प्रस्ताव गरे ।
‘वामपन्थी शक्ति दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर, यस्तो प्रवृत्तिले राष्ट्रियता र सार्वभौमसत्ता जोगाउन सकि“दैन, वामपन्थी शक्ति एक हुनुपर्छ, वामपन्थीबीच तालमेल र मोर्चा जरुरी छ ।’
तत्कालीन नेकपा विभाजन गरेकोमा ‘आत्मालोचना’ गर्दै श्रेष्ठले भने, ‘म वामपन्थी शक्तिबीच तालमेलका लागि आग्रह गर्दछु । राष्ट्रवादी वामपन्थी शक्ति एकै ठाउँमा आउनुपर्ने अवस्था छ ।’
नेपालमा देशभक्त कोही भए वामपन्थी दल मात्रै भएको दाबी गर्दै उनले ‘यही कारण वामपन्थी दललाई कमजोर बनाउन चौतर्फी अक्रमण भइरहेको’ जिकिर गरे । ‘जब देशमा वामपन्थी कमजोर हुन्छन्, त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउन लागेको छ,’ श्रेष्ठले ओलीतिर लक्षित गर्दै भने, ‘तपाईंले पनि वाम एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्नुपर्छ ।’
‘विदेशी चलखेलले बाहिरिनुप-यो’
कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले विदेशी शक्तिको चलखेलले आफू र ओली सरकारबाट विस्थापित हुनुपरेको बताए । ओली सरकारमा यादव पनि सहभागी थिए । ओली सरकार हटाउने काममा विदेशीको समेत साथ र सहयोग रहेको खुलासा गर्दै यादवले ‘भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको’ खुलासा गरे ।
अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको बताए । ‘कुनै पनि मुलुकले आप्mनो विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध तय गर्दा भूराजनीति, छरछिमेकप्रति पर्ने असर ध्यान दिएरै गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले ध्यान दिएर नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशील सिद्धान्त र कसैविरुद्ध आप्mनो भूमि प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ ।’
नेता यादवले ‘भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा ठूल्ठूला दुर्घटना भएको’ बताउ“दै ‘युक्रेन र रसिया युद्ध जियोपोलिटिक्सकै महत्वपूर्ण प्रभावले भएको’ औंल्याए । ‘अफगानिस्तान वा श्रीलंकामा अहिलेदेखि पहिले भएका उथलपुथल भूराजनीतिकै प्रभाव हो,’ उनले थपे ।
सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै यादले असन्तुष्टिसमेत पोखे । ‘दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थता नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको छ,’ उनले भने, ‘मुलुकको सार्वभौमिकता रक्षा गर्न पनि भूराजनीतिले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढनुपर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठलाई ‘तत्कालीन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ?’ भनेर प्रश्न गरे । श्रेष्ठले ‘पार्टी एकता सम्भव नभए तालमेल गर्ने’ प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि प्रश्न गरेका हुन् ।
‘तीन महिना मलाई सरकार चलाउन दिनुहोस्, अब म पार्टी अध्यक्षमा लड्दिन“, म महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नुभएको थियो तर ओलीजीको सरकार ढल्यो,’ भण्डारीले भने, ‘के उहाँको सरकार अमेरिका आएर ढालेको हो ?’ भण्डारीले नेपाली भूमि विदेशी शक्तिको क्रीडास्थल बन्न नदिन राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुगौली सन्धिपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलोपटक नेपालको परराष्ट्र नीति कमजोर भएको दाबी गरे । ‘दुई देशबीचको सम्बन्ध गोलाबारुदबाट मात्रै टाढा हुने होइन, उनीहरूसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेको’ उनले बताए ।
‘सहायता र विकासका नाममा सांस्कृतिक क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको छ, त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँ उभिनुपर्ने’मा जोड दि“दै उनले ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशअनुसार गए, कसैले पनि हस्तक्षेप गर्न नसक्ने’ दाबीसमेत गरे ।