जनकपुरमाधामका शिवालयहरुमा भक्तजनको भिड


जनकपुरधाम । साउन महिनाको पहिलो सोमबार जनकपुरधामको शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, स्वर्गद्वारमा रहेको भूतनाथ मन्दिर, कपिलेश्वरको कपिलेश्वर नाथ, कुवाको कुपेश्वर नाथमा विशेष पूजा गरिन्छ ।

मिथिलाका राजा जनकका कुलदेवता शिव भएका कारणले पनि मिथिलामा पहिलादेखिनै पूजा गर्ने चलन रहेको छ । मिथिलाका अधिकांश व्यक्तिको ईष्टदेवता शिव हुने गरेको धार्मिक जानकार पण्डित दिगम्बर झा दिनमणि बताउँछन ।

सोमबारका दिन मिथिलाञ्चलमा व्रत वस्ने परम्परा समेत रहेको छ । जनकपुरको गंगासागर र दूधमतीबाट जल लिएर हजारौँ व्यक्तिले भगवान शिवलाई जल चढाएका छन् । भाङ, धतुरो र बेलपत्र पनि शिवालयहरुमा चढाइएको छ ।

पुराणमा उल्लेख भए अनुसार स्वंय भगवान शिवले व्रह्माजीको मानसपुत्र नारदमुनीलाई यो महिनाको महत्व वताएका थिए । शिवजीका अनुसार उहाँको त्रिनेत्रमा सूर्य दाहिने, चन्द्रमा वायाँ र अग्नी मध्य नेत्रमा रहेको छ । चन्द्रमाको राशि कर्क र सूर्यको सिंह रहेको छ, यसै कारणले जब सूर्य कर्कबाट सिंह राशिसम्मको यात्रा गर्छन त्यो वेला धेरै शुभ हुने गरेको छ । यस्तो शुभको संयोग साउन महिनामा नै हुने गरेको छ त्यसैकारण भगवान भोलेनाथलाई साउन महिना अतिप्रिय रहेको छ ।

यो महिनाको अत्यधिक महत्व हुनुका साथै सवै जीवका लागि कल्याणकारी हुने गरेको छ । यसकोवैज्ञानिक विवरण पनि देख्न सकिन्छ, जसअनुसार कर्क र सिंह राशिको संक्रांतिको समय वाष्पीकरण अधिक हुनुका साथै वर्षा पनि धेरै हुने गरेको छ । जसकारण संसारको कति प्रकारकोे वनस्पतिहरुलाई पोषणका साथै ग्रीष्म ऋतुको प्रभावपनि कम हुने गरेको छ । पुराणका अनुसार साउन महिनामै समुद्र मन्थनवाट निस्केको विष भगवान शिवले खाएर संसारको रक्षा गरेका थिए । यसकारण भोलेनाथको साउनमा पूजा गर्दा विशेष कृपा प्राप्त हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी