पानी पर्ने आशमा बडघरलाई रात भरी थुनेपछि…

कपिलवस्तु । दिउसोको टन्टलापुर गर्मीमा कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लागाएर पुरुषको पहिरनमा लावा लस्कर सहित बुद्धभूमि २ गोरुसिङ्गेका थारु समुदायका महिलाहरु नजिकको गाउँको बडघर (समुदायको अगुवा) खोज्दै हिडे । धान रोप्ने समयमा वर्षा नभएपछि खेतमा छरेको धानको बिउ सुकेर मर्न लागेको छ ।

थारु समुदायको पौराणिक मूल्य मान्यता अनुसार ‘गोरु बे-हे’ गरे पछि पानी पर्ने विश्वास रही आएको छ । बडघरलाई रात भरी थुनेपछि भगवान् खुसी भएर वर्षा हुने विश्वास अनुसार गाउँभरिका महिलाहरु बडघरको अपहरण गर्न पुरुषको भेषमा निस्किएका हुन् । लामो समय देखी वर्षा नहुँदा खेती प्रभावित भएपछि थारु समुदाय यसरी पानी माग्दै हिँड्ने चलन रही आएको छ ।

थारु परम्परा अनुसार उनीहरु पुरुषको पहिरन लगाउने गर्दछन् । गाउँका सबै महिलाहरु गीत गाउँदै नजिकको थारु बस्तीमा जाने गर्दछन् । बस्तीमा गएर उनीहरु बडघर खोज्ने काम गर्दछन् । बडघर फेला परेपछि नियन्त्रणमा लिएर आफ्नो गाउँमा ल्याउने थारु अगुवा शिवाली थारुले बताइन । बडघर सँगै गाउँ भरीका हलो कोदालो समेत खोसेर ल्याउने गर्दछन् ।

थारु समुदायमा पुस्तौदेखी प्रचलनमा आएको रीति रिवाज अनुसरण गर्दै हरेक टोलमा पानी माग्ने प्रचलन रहेको छ । प्रचलन अनुसार नियन्त्रण गरी गाउँमा ल्याइएको बडघरलाई कोठामा लाल्चा लगाएर रात भरी थुनेर राख्ने गर्दछन । थुनामा रहेका बडघरले थारु खानाका परिकार, मदिरा सेवन गराउने धार्मिक मान्यता रहेको छ । बडघरलाई थुुना मुक्त गरेपछि वर्षा हुने र खेतीबाली हुर्किने विश्वास रहेको प्रदर्शनमा सहभागी कमला थारुले बताइन् ।

बडघर थुनेको रातमा महिलाहरु सजनी भाका ( पानी पार्नको लागि गाईने गित) गित गाउँदै हलो जोत्ने गर्दछन् । अर्को दिन बिहान बडघरका गाउँका महिलाहरु गाली गर्दै फिर्ता लिन जाने गरेका छन् । हरेक थारु समुदायले खेतीमा सिँचाई गर्न वर्षा नभए पछि ‘गोरु बे¥हे’ प्रदर्शन गर्ने गरेको थारु अगुवा साधुराम थारुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार