फरार अधिवक्ताको नाममा सात दिने म्याद जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग ‘घुस डिल’ प्रकरणमा मुछिएका कानुन व्यवसायी अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्ले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

परिषद्ले पोखरेलको नाममा मंगलबार सातदिने सूचना जारी गरेको छ । ठगि मुद्दामा सिभिल सहकारीका सञ्चालक व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोडको घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

न्यायाधीश–वकिल घुस प्रकरण

अडियो सार्वजनिक भएलगतै बार काउन्सिलले स्पष्टीकरण दिन अधिवक्ता पोखरेललाई पत्र काटेको थियो । तर, फरार पोखरेललाई बारले थप अनुसन्धान गर्दै ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भनी प्रश्नसहितको जवाफ पठाउन भनेको छ ।

‘उहाँको घर÷ठेगानामा नै म्याद तामेल गर्ने भन्ने थियो । म्याद तामेल गर्न नसकिएपछि गोरखापत्रबाट सार्वजनिक सूचना जारी गर्दै म्याद जारी गरिएको हो,’ बार काउन्सिलका एक पदाधिकारीले भने ।

अब पोखरेलले सात दिनभित्र जवाफ नदिए वा दिएमा पनि चित्त बुझ्दो नभएमा उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइनेछ । कारबाहीस्वरूप पोखरेलको कानुन व्यवसायीको प्रमाणपत्र रद्द हुन सक्नेछ ।

त्यस्तै, कानुन व्यवसायी परिषद् ऐनअनुसार थप कारबाही पनि हुन सक्ने परिषद् स्रोतको भनाइ छ ।

नेपाल कानुन व्यवसायी परिषद्का सचिवका तर्फबाट जारी सार्वजनिक सूचनाअनुसार यतिबेला अधिवक्ता रुद्रप्रसाद पोखरेल फरार सूचीमा छन् । उनीमाथि कारबाही गरी कानुन व्यवसायीको प्रमाणपत्र खारेज गर्नसम्मको प्रतिवेदन तयार भइसके पनि उनले स्पष्टीकरण नदिएका कारण कारबाही प्रक्रिया रोकिएको छ । परिषद् ऐनमा कसैको प्रमाणपत्र रद्द गर्नुभन्दा अगाडि स्पष्टीकरणको मौका दिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार स्पष्टीकरणको मौका दिइए पनि पोखरेल फरार रहेका कारण उनलाई स्पष्टीकरण पेस गर्नेसम्बन्धी पत्र थमाउन सकिएको छैन । व्यक्ति फरार भए पनि कारबाही प्रक्रियाका लागि मंगलबार बार काउन्सिलले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको हो ।

नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)मा अधिवक्ता रुद्र पोखरेल फरार भए पनि न्यायपरिषद्ले गरेको छानबिनमा भने उनी उपस्थित भएर बयान दिएका छन् । स्रोतका अनुसार अधिवक्ता पोखरेलले न्यायपरिषद्ले गठन गरेको छानबिन समितिलाई आफ्नो बयान दिएका छन् ।

यता, न्यायपरिषद् सचिवालयले न्यायाधीश राजकुमार कोइरालासँगै अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग बयान लिएर प्रतिवेदनलाई अन्तिम रूप दिन लागेको छ । सोही प्रतिवेदनका आधारमा न्यायाधीश कोइरालालाई बर्खास्त गर्ने वा सचेत गराउने भन्ने निर्णय न्याय परिषद्ले गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण