हुण्डी रकमसहित भारतीय नागरिक पक्राऊ

वीरगन्ज । चालु आर्थिक बर्षको पहिलो महिनाको सुरुमा नै हुण्डी रकम सहित एक भारतीय कारोवारी पक्राउ परेका छन् । गत आर्थिक बर्ष साउन महिनामा कुनै हुण्डी कारोवारी पक्राउ नपरेको सीमावर्ती जिल्ला पर्सामा चालु आर्थिक बर्षको पहिलो महिनाको ४ गते नै ठूलो परिणामको हुण्डी रकम सहित भारतीय पक्राउ परेका हुन् ।

सीमावर्ती शहर रक्सौलबाट बुधबार बिहानै नेपाल छिरिसकेको अवस्थामा भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमार पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । बीआर ०५ एन ०२३८ नम्बरको हिरोहोण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनी र तेल ट्याँकी भित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगद सहित उनी पक्राउ परेको पर्साका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले बताए । अभियुक्त वीरगन्ज भन्सार कार्यालय क्षेत्र पार गरी पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकसम्म आइपुगेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत आर्थिक बर्ष भने साउन महिनामा एक जना पनि हुण्डी कारोवारी पक्राउ परेका थिएनन् । चालु आर्थिक बर्षको पहिलो महिना त्यो पनि पहिलो हप्तामा नै यत्रो ठूलो रकम सहित कारोवारी फेला पर्नुलाई प्रहरीले गम्भिर रुपमा लिएको छ । श्रोत नखुलेको उक्त परिणामको नगद सहित पक्राउ परेका भारतीय नागरिक राकेशलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरुद्धको कसुरमा थप अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

गत आर्थिक बर्ष साउन, माघ, फागुन, चैत र बैशाख गरी पाँच महिनामा कुनै पनि हुण्डी कारोवारी पक्राउ परेका थिएनन् । बाँकी ७ महिनामा भने पर्सामा १ करोड ६५ लाख १३ लाख ६ सय २० रुपैया नगद सहित २२ जना कारोबारी पक्राउ परेको पर्सा प्रहरी कार्यालयको तथ्याँकले जनाएको छ । चालु आबमा भने पहिलो महिनामा नै कारोबारी पक्राउ पर्ने कुराले अझ हुण्डी कारोवार बढिरहेको छ कि ? भन्ने संकेत देखाएको पर्सा प्रहरीको तर्क छ । गत आर्थिक बर्ष २२ जना व्यक्ति पक्राउ परेको हुण्डी कारोवारमा १४ वटा त मुद्दा नै दर्ता भएको पर्साका प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार