प्रदर्शनकारीको निशानामा रहेका विक्रमासिंघे कसरी राष्ट्रपतिमा चुनिए

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटका कारण लगातारको विरोध प्रदर्शन थेग्न नसकेपछि डेढ साताअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्न बुधबार संसद््मा मतदान भएको हो ।

राष्ट्रपतिमा निर्वाचित विक्रमासिंघे यसअघि ६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका छन् । श्रीलंकामा अहिलेसम्म यति धेरैपटक कोही पनि प्रधानमन्त्री बनेका छैनन् ।

राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । संसद्मा बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा १ सय ३४ मतसाथ उनी विजयी भएका हुन् ।

श्रीलंकाको संसद् २ सय २५ सदस्यीय छ । राष्ट्रपतिमा निर्वाचित हुन संसद््को ५० प्रतिशत अर्थात् १ सय १३ सांसदको समर्थन आवश्यक हुनेमा विक्रमासिंघे भारी मतसहित विजयी भएका छन् ।

श्रीलंकाको राजनीतिमा लामो अनुभव भएका विक्रमासिंघेले देशको संकट पार लगाउने आसमा सांसदले मत दिएको देखिन्छ । सदर भएको २ सय १९ मध्ये उनका मुख्य प्रतिद्वन्द्वी एसएलपीपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत पाउँदा नेसनल पिपल्स पावर (एनपीपी)की नेत्री अनुरा कुमारा दिसानायकेले तीन मत मात्रै पाइन् ।

एसएलपीपी श्रीलंकाली संसद््मा सय सिटसहित सबैभन्दा ठूलो पार्टी हो । प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी)का ५४ सांसद छन् ।

नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ नोभेम्बरसम्म रहनेछ । गोटाबायाको बाँकीे कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । प्रदर्शनकारीले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका बेला उनी अन्य दलको पनि सहयोगमा राष्ट्रपति निर्वाचित भएका हुन् ।

को हुन्, विक्रमासिंघे ?
सन् १९४९ मा प्रभावशाली राजनीतिक परिवारमा जन्मिएका रनिल विक्रमासिंघे २८ वर्षको उमेरमै सांसद चुनिएका थिए ।

युनिभर्सिटी अफ कोलोम्बोमा पढ्दा विद्यार्थी राजनीतिमा सक्रिय उनी सन् १९७७ मा युवा तथा रोजगारमन्त्री बने । त्यसबेलादेखि निरन्तर सत्ताकै वरिपरि रहेका उनी पहिलोपटक सन् १९९३ मा प्रधानमन्त्री चुनिए । तर, उनको पहिलो कार्यकाल सुखद रहेन । सन् १९९४ मै उनी पदमुक्त भए ।

त्यसपछि सन् २००१ मा उनी दोस्रोपटक प्रधानमन्त्री भएका उनी २००४ सम्म प्रधानमन्त्री रहे ।

११ वर्षसम्म सत्ताबाहिर रहेका रनिल विक्रमासिंघे सन् २०१५ मा तेस्रोपटक प्रधानमन्त्री बने । २०१५ देखि २०१८ सम्म उनले थप दुईपटक प्रधानमन्त्रीको शपथ लिए ।

उनलाई तत्कालीन राष्ट्रपति राजापाक्षेले संकटकै बीच गत मेमा छैटौंपटक प्रधानमन्त्री नियुक्त गरेका थिए । राजापाक्षेले अर्थमन्त्रीको जिम्मा पनि उनैलाई दिएका थिए ।

विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएको भने यो नै पहिलोपटक हो । यसअघि आमनिर्वाचनबाट राष्ट्रपति चुनिन खोज्दा उनी दुईपटक पराजित भए ।

त्यसो त, सन् १९९९ मा उनी पहिलोपटक राष्ट्रपति बन्न खोजे । तर, चन्द्रिका कुमारातुंगासँग उनले हार बेहोर्नुप¥यो । सन् २००५ को चुनावमा पनि उनी राष्ट्रपतिमा लडे । त्यसबेला महिन्दा राजापाक्षेले उनलाई हराए ।

गएको आमचुनावमा रनिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीले लज्जास्पद हार बेहो¥यो । उनी आफैं पनि पराजित भए । पछि, उनी समानुपातिकतर्फबाट सांसद बने ।

दशकौं प्रयासपछि राष्ट्रपति
राष्ट्रपति बन्ने विक्रमासिंघेको दशकौंदेखिको प्रयास बुधबार सफल भएको छ । २ करोड २० लाख जनसंख्या भएको यो टापुले बुधबार नयाँ राष्ट्रपति त पाएको छ । तर, चर्काे आर्थिक संकट भोगेको श्रीलंकाको संकट पार लगाउन भने उनलाई सजिलो छैन ।

सन् १९४७ मा स्वतन्त्र राष्ट्र भएको श्रीलंकाले अहिले त्यसयताकै गम्भीर आर्थिक संकट बेहोरिरहेको छ । विदेशी मुद्रा सञ्चिति रित्तिएको छ । यसकारण श्रीलंकाका जनताले कष्टकर जीवन भोग्नु परिरहेको अवस्था छ ।

अभाव र मूल्यवृद्धिले यहाँका जनताको दैनिकी कष्टकर बनिरहेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छ । आर्थिक संकटसँगै राजनीतिक संकट श्रीलंकाले भोगिरहेको छ ।

मिलेर काम गर्न आह्वान
राष्ट्रपतिमा निर्वाचित भएपछि विक्रमासिंघेले वार्ता र मिलेर काम गर्न आह्वान गरेका छन् । ‘अति कठिन’ परिस्थितिमा रहेको देशलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकाल्न धेरै चुनौती सामना गर्नुपर्ने उनले बताएका छन् ।

‘हाम्रो देशको अवस्था कस्तो छ ? भन्ने’bout मैले तपाईंहरूलाई भनिरहनुपर्दैन, यो चुनावसँगै हामीबीचको विभाजन पनि सकिनुपर्छ,’ राष्ट्रपतिमा विजयी भएपछि सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामीसँग विभाजित हुन ४८ घन्टा थियो । तर, अब म तपाईंहरूसँग कुरा गर्न तयार छु,’ यो आह्वानलाई प्रदर्शनकारीले ‘कसरी लिन्छन् ?’ भन्ने यकिन छैन ।

त्यसो त केही दिनअघि मात्रै प्रदर्शनकारीले उनलाई पनि निशाना बनाउँदै उनको घरमा आगो लगाएका थिए । राजापाक्षे परिवारसँगै उनी पनि सत्ताबाट बाहिरिनुपर्ने प्रदर्शनकारीको माग थियो ।

त्यस्तै, बुधबार राष्ट्रपति निर्वाचन भइरहँदा पनि प्रदर्शनकारीले राष्ट्रपति निवासमा पुगेर ‘गो होम रनिल’ भन्दै प्रदर्शन गरेका छन् ।
(एजेन्सीको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित