प्रवेशपत्र दिए वापत विद्यार्थीसंग २ हजार घुस लिने प्राध्यापक पक्राउ

जनकपुरधाम । धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने एक प्राधानाध्यापक बुधवार रंगेहात पक्राउ परेका छन् ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो ।

प्राध्यापक महतोले एक विद्यार्थीवाट प्रवेशपत्र दिए वापत दुई हजार घुस लिएका थिए । पहिला फारम नभरेको भन्दै दुई हजार लिएर प्रवेश पत्र दिन लाग्दा २ हजार रुपैयाँ घुस सहित उनी पक्राउ परेका थिए ।

महतोले विद्यार्थीलाई पहिले परीक्षा फारम नभरेको भन्दै ७ हजार रुपैयाँ खर्च गरे प्रवेश पत्र उपलब्ध गराइदिने आश्वासन दिएका थिए । ती विद्यार्थीले त्यति धेरै पैसा तिर्न सक्दिन भनेपछि दुई हजार रुपैयाँ कम्तिमा दिनुपर्ने भनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरमा श्रीमान र उपमेयरमा श्रीमतीको उम्मेदवारी दर्ता