बाँदर आतंकले किसान हैरान


गुल्मी । गुल्मीमा बाँदर आतंकले किसान हैरान भएका छन् । जिल्लाका अधिकाशं ठाउँमा बाँदरले मकै नष्ट गर्दा किसानले हैरानी खेपेका हुन् । किसानहरु मकै जोगाउनको लागि बिहानदेखि बेलुकीसम्म बारीमै हुन्छन् । तरपनि मकै जोगाउन हम्मे–हम्मे परेको छ । ‘बिहानदेखि बेलुकीसम्म बारीमै बस्नुपर्छ, तरपनि बाँदरले झुक्काएर मकै खाइदिन्छ ।’ धुर्कोट गाउँपालिका –४ जैसिथोकका विर बहादुर नेपालीले भने, ‘मकै जोगाउन निकै मुस्किल परेको छ ।’ बर्षभरीमा अन्य समयमा भन्दा मकै हुर्कने र भाँच्ने समयमा बाँदर बढी लाग्ने नेपालीले बताए । गाउँका सबै जम्मा भएर बारी वा ख¥यानको छेउबाट बाँदर हेर्ने र आएमा सबैले सूचना प्रवाह गरिएको नेपालीको भनाई छ ।

सत्यवती गाउँपालिकाका शेर बहादुर कुँवरले बाँदर आतंकले गर्दा किसानले धेरै नै हैरानी खेप्नुपरेको गुनासो गरे । ‘बाँदरले मकै, आलु र गहुँ बालीमा धेरै क्षति गर्छ ।’ उनले भने, ‘एक सिजनमा पाँच हुलसम्म आउदाँ मकै सखाप पारिदिन्छ ।’ उनले आफु सानो छदादेखि नै बाँदरले दुःख दिने गरेको बताए । सत्यवती –२ को चेमी, पादी, सत्यवती –१ को अश्लेवा , चौर लगायतका दर्जनौ ठाउँमा बाँदरले हैरानी पारेको छ । पहिले नगएको थुम्का, अश्लेवा लगायतका ठाउँमा पनि अहिले बाँदर जान थालेको छ । बाँदर नियन्त्रणको लागि गत बर्ष प्लास्टिकको पाइप प्रयोग गरेपनि अहिले त्यसले टेर्न छोडेको छ । बाँदरकै कारणले सत्यवतीको चेमीमा १५ रोपनी जग्गा समेत बाँझिएको कुँवरको भनाई छ ।
गुल्मीको मालिका, धुर्कोट, रेसुङ्गा, मुसिकोट, इस्मा, रुरुक्षेत्र, सत्यवती लगायतका स्थानमा बाँदरले अत्याधिक सताउने गर्दछ ।

गत बर्ष जिल्लाका केही स्थानीय तहले बाँदर नियन्त्रणको लागि राष्ट्रिय आविश्कार केन्द्रबाट बाँदर भगाउने बन्दुक वितरण गरे । स्थानीयले बन्दुक पट्काउँदा त्यसको आवाजले केही दिन बाँदर भाग्यो पनि । तर पछिल्लो समय बन्दुकले पनि बाँदर तर्सन छोड्यो । जसले गर्दा पालिकालाई पनि बाँदर नियन्त्रणमा सकस परेको छ । ‘बाली संरक्षणको लागि गत बर्ष बन्दुक दिएको, त्यसलाई पनि बाँदरले टेर्न छोड्यो ।’ धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले भने, ‘कृषकका समस्याप्रति गम्भीर छौ, तर स्थायी समाधानको उपाय भेटिएको छैन ।’
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बाँदरको सङ्ख्यात्मक नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

बस्ती र बनको अवस्था हेरीकन बाँदरको आवश्यक सङ्ख्या’bout अध्ययन गर्ने र अनावश्यक बाँदरको नियन्त्रण गर्नुपर्ने केसीको भनाई छ । ‘बाँदर लोपुन्मुख जनावर होइन्, त्यसैले यसको नियन्त्रण आवश्यक छ ।’ अध्यक्ष केसीले भने, ‘अब त्यसको लागि अधिकार दिनुपर्छ ।’ यसको लागि बन कार्यालयले पनि समन्वय गर्नुपर्ने केसीको भनाई छ । बाँदर नियन्त्रणको लागि जिल्ला सभामा पालिकाका अध्यक्षहरुले बिषय राखेका थिए । तर त्यस बिषयमा अहिलेसम्म कुनै निर्णय गर्न नगरिएको समन्वय समिति प्रमुख दोर्ण खत्रीले प्रतिक्रिया दिए ।

बाँदर लखेट्न वडा कार्यालयको बजेट

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ ले वडाको सिलिङ्गअन्तरगतको एक लाख बजेट बाँदर लखेट्नको लागि छुट्याएको छ । वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेका अनुसार बजेटबाट अहिले दुईजनालाई बाँदर हेरालुको रुपमा राखिएको छ । वडाका कृषकहरुले ‘बालि संरक्षण समिति’ नै गठन गरेर स्थानीय दुई युवाहरुलाई बाँदर लखेट्न र सूचना प्रदान गर्नको लागि राखेका छन् । युवाहरुले गत असार २६ गतेबाट काम सुरु गरेका छन् ।

उनीहरुले बाँदर आएको स्थान र सङ्ख्या’bout समितिलाई जानकारी दिने र समितिले स्थानीय कृषकहरुलाई खबर गरी बाँदर लखेट्ने समितिका सचिव चेतनारायण पन्थीले जानकारी दिए । वडा नम्बर ९ को उपल्लो तम्घास, देउराली, चारिखोला र विद्युतलाईनमा बसेर हेरालुले सूचना प्रवाह गर्ने पन्थीले बताए । हेरालुले मासिक २० हजारका दरले दुई महिनासम्म काम गर्नेछन् । ‘दुई महिनामा मकै स्याहार्ने बेला हुन्छ ।’ सचिव पन्थीले भने, ‘मकै जोगाउन मुस्किल परेकोले हेरालु राख्ने निर्णय ग¥यौ ।’

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दसैं टिकटमा सधैं सास्ती

कुरी-कुरी