सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

इटहरी । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो ।

हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् ।

अधिकारीले युनियन सुनसरीको नेतृत्व गरेको २८ महिनामा दुई दर्जन बढी काम गरेका छन् । सञ्चारकर्मीका लागि प्रत्यक्ष रूपमा सकारात्मक काम गरेर अधिकारीको नेतृत्व उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए ।

सुनसरीसहित चितवन र कैलाली जिल्लालाई पनि उत्कृष्ट जिल्ला घोषणा गरियो । शनिबारसम्म हुने महाधिवेशनको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी