नागरिकता विधेयकका सम्बन्धमा भीम रावलको कविता

छलफल हो कि छल मात्रै हो ?
यो हतारो किन हो ?
खोलेर आँखा
देशहितका लागि राम्ररी सुन यो,
के सधैं तिमी सत्तामा हुन्छौं
देशभन्दा बढी आयु छ ?
समवेदनाहीन,
बुझ्दैनौं किन स्वाधीनता दाउमा छ ।

देशको रक्षा, जनताको हित, कर्तव्य राज्यको
रच्दछौं किन बहाना गर्दै नाटक यो ?
खतरा तिम्ले निम्त्याउ“छौं
किन देशको जीवनमा ?
के कुटिल स्वार्थ राख्दछौं,
सरकार भन न मनमा ।

कवितापछिको रावलको मन्तव्य

यो छलफल होइन, केबल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन अस्तित्वसँग गाँसिएको नागरिकजस्तो संवेदनशील विषयलाई समितिमा नपठाइ संसद्मा जबर्जस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो, निरंकुशता हो र राष्ट्रियताप्रतिको खेलबाड हो ।

संसारमा कहीँ पनि नागरिकता खुकुलो हुँदैन । संविधान बनाउनेबेला नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि ‘त्यतिबेला ५ वा ७ वर्ष’ भनेर शीर्षतहमा छलफल भएको थियो । राज्यव्यवस्था समितिले छलफल गरी निर्णय गरेको ७ वर्षको अवधिलाई ‘बलात्’ हटाउनु सहमतिको धज्जी उडाउ“दै राष्ट्रप्रतिको बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।
वास्तविक नेपालीले नागरिकता सहजै बनाउन सक्नु र विदेशीले नपाउने व्यवस्था गर्न सरकार तयार नहुनुको पछाडिको रहस्य के होला ? नेपालको दीर्घकालीन अस्तित्वलाई भुमरीमा पार्ने षड्यन्त्र गरिएको छ । यो देशप्रति र जनतामाथिको बेइमानी हो ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाेखराका सुकुम्बासी : लालपूर्जामा तमासुक गर्नेलाई भाेट