टीकापुर । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ बस्ने २३ वर्षीय बुटा सिंह, टीकापुर–१ बस्ने वर्ष ३१ वर्षीय जिवन शाह, टीकापुर–६ नरायणपुर बस्ने वर्षीय २१ का अमित रावल र लम्कीचुहा नगरपालिका–८ का शिशिर साउद रहेका प्रहरीले जनाएको छ ।
उनीहरुलाई विभिन्न ठाउँमा खटिगएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले उनीहरुबाट ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)