दाइजाे नपाएपछि श्रीमान, देवर र ससुरा मिलेर युवतीको गरे हत्या


सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा दाइजोका कारण एक युवतीको हत्या भएको आशंका गरिएको छ । पर्सा गाउँपालिका वडा नं.१ शितलपुर बस्ने बालदत्त भन्ने रमजेश कुमार राय, उनकाे बुवा राम प्रताप राय र भाइ राजु यादव गरी तिनै जना मिलि २० वर्षीया निशा यादवको हत्या गरेको भेटिएकाे छ ।

निशाको शव ४८ दिनपछि अभियुक्तहरुको आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्न श्रीमान सहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गत जेठ २३ गते मोहत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको वुवा कैलाश रायले जिल्ला प्रहरी कार्यालयमा छोरी खोज तलाश तथा विपक्षीहरुलाई आवश्यक कार्वाही गरी पाउ वारेमा निवेदन दिएका थिए । निशाको वुवाले दिएको निवेदको भोलिपल्ट जेठ २४ गते निशाको ससुरा राम प्रतापले जिल्ला प्रहरी कार्यालयमा बुहारी निशा हराएकोले खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए ।

निवेदका अधारमा निशाकाे घर परिवारको सदस्यहरु माथी शंका लागि उनकाे श्रीमान रमजेश , ससुरा राम प्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा निशाको हत्या गरेको स्विाकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

मृतक निशाको १ वर्ष अघी अन्दाजी २५ वर्षिय बालदत्त भन्ने रमजेश सँग मागी विवाह भएको थियो । विवाहको केहि महिनापछि छोरीलाई दाइजोको निहुमा पटक पटक मानसिक तथा शाररीक यातना समेत दिएको मृतकका वुवा कैलाशले दावी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार