चारबर्षीया बालिकालाई सामुहिक बलात्कारपछि हत्या गर्ने ३ जना पक्राउ

वीरगन्ज । चारबर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने एक नाबालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बिहिबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने चार मध्ये तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका हजुरबुबाले दिएको उजुरीका आधारमा खोजतलासमा संलग्न प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगन्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो । सो घटनामा अनुसन्धान गरिरहेको प्रहरीले स्थानीय १२ बर्षीय बालक सहित वीरगन्ज १६ का १८ बर्षीय सलमान खान, वीरगन्ज २ का १९ बर्षीय जफ्रुदिन भन्ने सलमान खानलाई पर्सा प्रहरी मातहतको प्रहरीले नियन्त्रणमा लिएको छ ।

पहिचान खुलिसकेका अर्को अभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ । अघिल्लो दिन हराइरहेकी बालिकालाई पालै पालो जबरजस्ती करणी गरी गह्रुँगो बस्तुले मुखमा हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । सामूहिक जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको हुँदा पक्राउ पश्चात जिल्ला अदालत पर्साबाट आइतबार ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवत्तला प्रल्हाद कार्कीले बताए । पक्राउ परेकाा अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कार्वाही प्रकृया पनि अगाडी बढाइदै अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार