राजधानीको फोहोर नउठ्दा फेरि समस्या

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले बाजी मारेसँगै काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको विषयले निकै चर्चा पायो । फोहरको दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने चर्चा पनि निकै चल्यो । मेयर बालेन साहले फोहर व्यवस्थापनलगायत महानगरपालिकाका समस्या समाधानका लागि निकै प्रयास गरे पनि । राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट र बन्चरे डाँडाका स्थानीय जनतासँगको भेटघाटमा लामो समय नै बिताए । त्यसपछि महिनांै नउठेको फोहर बोकेर ट्रकका ताँती बन्चरे डाँडातिर लागे । स्थानीय जनतामा पनि राहत र सेवा सुविधाका केही आशा देखिए । काठमाडौंवासी पनि प्रफुल्ल थिए । तर, यो प्रफुल्लता र आशा तथा अपेक्षा लामो समय टिक्न नसक्ने देखिन थाल्यो ।

काठमाडौंमा फेरि पनि फोहरकै समस्या देखापर्न थालिसकेको छ । सहरमा सफा खानेपानीको अभाव छ । हैजाको महामारी संक्रमणमा वृद्धि हुँदै गएको छ । यस्तो बेलामा फेरि पनि चोक चोक र मूल सडक ’round फोहरको डंगुर लाग्न थालेको छ । मानिस नाक थुनेर यात्रा गर्न थालेको छन् । फोहरको यो डंगुरले कतै हैजा फैलाउने त होइन भन्ने त्रास उत्पन्न गराएको छ । साउन महिनादेखि कुहिने फोहोर र नकुहिने फोहोर गरी दुई भिन्न पोकामा जम्मा गर्ने र त्यसलाई महानगरपालिकाले उचित रूपमा व्यवस्थापन गर्ने भनी गरिएको प्रचारले अहिले हावा खान थालेको छ । चोक चोकमा फोहर मिश्रित अवस्थामै फ्याकिएका छन् । छुट्याइएका छैनन् । ती फोहर साता दिनभन्दा बढी दुर्गन्धित अवस्थामा रहिरहेका छन् । फोहर छुट्याउन पनि सार्वजनिक रूपमा आह्वान गरिएको छैन । न त घरमा वा टोलमा गएर सिकाइएको छ । सूचना मात्र देख्न सकिन्छ । फोहर छुट्याउने र तदनुरूप त्यसको व्यवस्थापन गर्ने कुरा प्रचार मात्र त होइन भन्ने पनि देखिन थालेको छ । स्थानीय जनता आफ्नै घरअगाडि चोकमा फोहर थुपारेर नमीठो गन्ध लिन बाध्य भइरहेका छन् । फोहर किन उठेन, यस’bout कसैलाई केही पनि थाहा छैन । फोहर कहिले उठ्छ ? यसको जवाफ पनि कहीं र कतैबाट आएको छैन । बरू एकोहोरो प्रचार छ, सरकारले फोहर उठाएन । त्यो पनि चोक नजिकका मानिसको गुनासोका रूपमा मात्र उठ्ने गरेको छ ।

काठमाडौंमा तीन तहका सरकार छ । संघीय सरकारको त राजधानी सहर नै हो, काठमाडौं । तर, संघीय सरकारका लागि काठमाडौंको फोहर न त लज्जाको विषय बन्न पुगेको छ न त कर्तव्य र दायित्वको विषय नै, बरू संघीय सरकारका लागि काठमाडौं राजधानी सहर होइन, बालेन साह विजय भएको महानगरपालिका मात्र बन्न पुगेको छ । संघीय सरकारको उदासिनता र बेवास्ताले यही कुरा देखाएको छ । बाग्मती प्रदेशका कार्यकारी काम यही काठमाडौंबाट हुने गरेका छन् । तर, बाग्मती प्रदेशको सरकार हेटौंडा आफ्नो राजधानी सहर भएको देखाएर पिठ्युँ फर्काउन खोजिरहेको छ । स्थानीय सरकारका रूपमा रहेको महानगरपालिकाका लागि फोहर व्यवस्थापनको विषय एक्लैले काँध थोपारेर सकिने कुरा होइन । यो संघीय सरकारसँग बढी जोडिएर रहेको छ । संघीय सरकारले फोहर गर्ने, तर स्थानीय सरकारका रूपमा रहेको महानगरपालिकाले मात्र यसको एक्लो व्यवस्थापन गर्ने कुरा आफैंमा अपत्यारिलो र असम्भव पनि छ । आखिर व्यवहारतः अभिव्यक्त भएको पनि छ, यही कुरा । त्यसैले काठमाडौंको फोहर व्यवस्थापनका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकारले एकअर्कामा उचित सहकार्य गरी अघि बढ्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी